अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतको नयाँ दिल्लीसम्म धक्का
आइतबार, २८ चैत २०७२, १६ : ५४
काठमाडौं – अफगानिस्तान र तजाकिस्तानको सीमामा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको अस्कासम केन्द्रविन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समयअनुसार ३ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको बताइएको छ । २०० किलोमिटर आसपासको क्षेत्रसम्म भूकम्पको ठूलो धक्का महसुस गरिएको युरोपियन मेडिटरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्पको धक्का पाकिस्तानदेखि भारतको कस्मिर र नयाँ दिल्लीसम्म महसुस गरिएको थियो । भूकम्पपछि दिल्लीको मेट्रो रेल सेवा रोकिएको थियो भने मानिसहरु घर बाहिर निस्किएका थिए । रेडिया पाकिस्तानका अनुसार पेशावर, फैसलावाद, लाहोर लगायतका क्षेत्रमा शक्तिशाली धक्का महसुस गरिएको थियो । हालसम्म क्षतिको विवरण आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण