शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्रसेल्स हमलावरको वास्तविक टार्गेट ‘फ्रान्स’

आइतबार, २८ चैत २०७२, १७ : १३
आइतबार, २८ चैत २०७२

ब्रसेल्स – बेल्जियमको ब्रसेल्सस्थित विमानस्थलमा भएको आत्मघाती बम हमलामा बाँचेका एक आतंकवादीले आफूहरुको वास्तविक योजना बेल्जियमभन्दा पनि फ्रान्समै नयाँ आक्रमण गर्ने योजना रहेको बताएका छन् । हालै पक्राउ परेका मोहमद अब्रिनीले फ्रान्स हमलाका संदिग्ध सलाह अब्देसलाम पक्राउ परपछि योजना परिवर्तन गर्नुपरेको बताएको बिबिसीले उल्लेख छ । अब्रिनीले आफू ब्रसेल्स हमलामा तेस्रो हमलावर भएको पनि स्वीकार गरेको बताइएको छ । तर, उनले बम नपड्काई भागेको बयान प्रहरी समक्ष दिएका छन् । गत वर्षको नोभेम्बरमा भएको पेरिस हमलामा १ सय ३० जनाको मृत्यु भएको थियो भने पछि सन् २०१६ को मार्चमा ब्रसेल्समा भएको हमलामा ३२ जनाको ज्यान गएको थियो । दुवै घटनाको जिम्मेवारी सिरिया र इराकका इस्लामिक स्टेट समूहले लिएको थियो । अब्रिनी गत शुक्रबार पक्राउ परेका थिए । प्रहरीले सोधपुछ गरे पछि उनले मार्च १८ मा अब्देसलाम पक्राउ परेपछि योजनामा बदलाव गरेको बताए । प्रहरीले भटाभट आफ्ना साथीहरु पक्राउ पर्न थालेपछि हतारमा ब्रसेल्स हमलाको योजना तर्जुमा गरिएको उनले बताएको बिबिसले बताएको छ । ३१ वर्षीय बेल्जियन नागरिक अब्रिनी मोरोक्कोबाट आएका हुन् । बस्रेल्स हमलापछि सिसी टिभीमा सेतो टोपीमा देखिएका व्यक्ति नै अब्रिनी रहेको प्रमाणि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप