केटको क्रिकेट कला (फोटोफिचर)
आइतबार, २८ चैत २०७२, १८ : ०९
मुम्बई – बेलायती राजकुमार र राजकुमारी विलियम र केट सात दिने भारत र भुटानको भ्रमणका क्रममा आइतबार भारतको मुम्बई आइपुगेका छन् । लण्डनबाट ब्रिटिस एयरवेजको विमानमा उनीहरु मुम्बई पुगेका हुन् ।
मुम्बई हमलामा ज्यान गुमाएका परिवारप्रति श्रृद्धान्जली अपर्ण गर्दै आफ्नो भ्रमणको शुरुवात गरेका छन् । मुम्बई आउने बित्तिकै उनीहरु होटल ताज पुगेर श्रद्धाञ्जली अपर्ण गरेका थिए । सन् २००८ को नोभेम्बरमा भएको हमलामा दर्जनौंले ज्यान गुमाएका थिए । त्यसपछि दुवैजना मुम्बईको ओभल मैदानमा गएर बालबालिकाहरुसँग क्रिकेट पनि खेले । सचिन तेन्दुलकरको बलिङमा ब्याटिङ गरेकी केट क्याच आउट भइन् । आज साँझ बलिउडको कलाकारको कार्यक्रममा विलियम र केट सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण