७५ रुपैयाँ पर्ने मट्टितेल १ सय १० मा बेच्ने आयल स्टोर सञ्चालिका पक्राउ
आइतबार, २८ चैत २०७२, १९ : २२
काठमाडौं – नेपाल आयल निगमले तोकेको भन्दा बढी मूल्यमा मट्टितेल बिक्री गर्ने एक महिलालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा परमेश्वर आयल स्टोरकी सञ्चालिका सविना प्रजापति रहेकी छिन् ।
भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित आयल स्टोरमा प्रहरीले आइतबार साँझ छापा मारेर १४ ड्रम मट्टितेल पनि बरामद गरेको छ । महानरीय प्रही वृत्त जगातीका डिएसपी मित्र बन्धु शर्माले भने, ‘१४ वटा ड्रममा मट्टितेल फेला परे पनि एउटा मात्र भरी रहेको छ । कति लिटर मट्टितेल छ भन्ने यकिन भएको छैन ।’ उनले अन्दाजी ८ सय लिटर मट्टितेल हुन सक्ने बताए ।
प्रजापतिले उपभोक्तालाई कुपन दिएर पनि मट्टितेल नभएको बताउने पछि बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको सूचनाको आधार छापा मारिएको शर्माले बताए ।
‘७५ रुपैयाँ पर्ने मट्टितेल १ सय १० रुपैयाँसम्म बेच्ने गरेको पाइयो,’ शर्माले भने ।
प्रजापतिविरुद्ध कारवाही अगाडि बढाइसकेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण