शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस

आइतबार, २८ चैत २०७२, १९ : ४२
आइतबार, २८ चैत २०७२

काठमाडौं – संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गरेको छ । आइतबार साँझ बसेको परिषदको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

आउँदो मंगलबारबाट बहालवाला प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकास प्राप्त गर्दैछन्। उनको स्थानमा कार्कीलाई सिफारिस

गरिएको हो । सिफारिस भएपछि संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ।

२००९ साल जेठ २५ गते बिराटनगर-३ शंकरपुरमा जन्मिएकी कार्की ०३५ साल चैत्र १६ गतेदेखि अधिवक्ताका बनेकी थिइन् । त्रिविबाट कानूनमा स्नातक (बीएल) गरेकी उनले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरेकी छिन् ।

वि.सं २०६७ बाट सर्वोच्चको स्थायी न्यायाधीशका रुपमा उनले सेवा थालेकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप