युनाइटेडको बस ट्राफिकमा फँसेपछि टोटनहमविरुद्धको खेलमा ढिलाई
आइतबार, २८ चैत २०७२, २१ : ०१
लण्डन – म्यान्चेस्टर युनाइटेडको बस ट्राफिक जाममा फँसेपछि टोटनहम विरुद्धको खेल ढिला गरी शुरु हुने भएको छ । आइतबार प्रिमियर लिग अन्तरगत टोटनहमको घरेलु मैदानमा हुनुपर्ने खेलमा ढिलाइ भएको हो । म्यान्चेस्टरका मिडफिल्डर जेसे लिन्डगार्डले दुई घण्टासम्म बसमा यात्रा गर्नुपरेको बताए । प्रशिक्षक लुइस भान गालले भने, ‘यो ढिलाइले कसरी खेलमा असर गर्छ भन्ने हेर्न बाँकी छ । हामी घण्टौंसम्म एकै ठाउँको चक्कर लगाउन बाध्य भएका थियौं ।’ यसअघि वाइट हार्ट लेनमा भएका पछिल्ला १४ युनाइटेड अपराजित रहेको छ । पछिल्लो पटक सन् २००१ को मेमा युनाइटेड पराजित भएको थियो । त्यसयता युनाइटेड ८ मा विजयी भएको छ भने ६ खेल बराबरीमा टुंगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण