अस्पतालको बेडबाटै ओनसरीले गरिन् यस्तो दुःख मनाउ
काठमाडौं – सभामुख ओनसरी घर्तीले सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सुशीला कार्कीको नाम प्रधानन्याायधीशमा सिफारिस भएकामा आफ्नो विरोध नभएको बताएकी छन् । घर्तीले नेपालको इतिहासमै पहिलोपटक महिला प्रधानन्यायाधीश हुनु आफ्ना लागि गौरवको विषय भएको बताइन् । केही सञ्चार माध्यममा कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गरिएकामा घर्ती असन्तुष्ट रहेको समाचार आएपछि उनको निजी सचिवालयले त्यसको खण्डन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो । सभामुख घर्ती अस्वस्थ भएपछि आइतबारै अस्पताल भर्ना भएकी थिइन् । घर्तीलाई भेट्ल ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद् बैठक बस्न लागेको जानकारीसहित आफूहरुले गर्ने निर्णयमा अस्पतालबाटै हस्ताक्षर गरिदिन आग्रह गरेका थिए । तर, घर्तीले अस्वस्थ रहेको भन्दै आफू डिस्चार्ज भएपछि मात्र बैठक बोलाउन ओलीलाई भनेकी थिइन् । सभामुख घर्तीका स्वकीय सचिव निशान मगरले कार्की नियुक्ति सिफारिसमा सभामुखको असन्तुष्टि रहेको आसयका समाचारमा सत्यता नरहेको बताए । यद्यपि इतिहासमै पहिलोपटक न्यायालयको उच्च तहमा महिला पुग्न लागेको ऐतिहासिक विषयमा आफू सहभागी हुन नपाएकामा सभामुखको चित्त दुःखाइ रहेको दाबी मगरले गरे । कार्कीको नाममा सभामुख घर्तीको पूर्ण समर्थन रहेको समेत उनले प्रष्ट्याइन् । ‘नेपालमा पहिलोपटक पहिला प्रधानन्यायाशीध हुने विषय आफैंमा ऐतिहासिक हो । यस्तो एतिहासिक निर्णय गर्ने बैठकमा आफैं उपस्थित हुन चाहनुभएको विषय सभामुखज्यूले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो’, मगरले भने, ‘प्रधानन्यायाशीमा सुशीला कार्कीको नियुक्ति सिफारिसका विषयमा संवैधानिक परिषदको सदस्यका हैसियतले सभामुखको समर्थन रहेको छ ।’ मगरले प्रधानन्यायाधीशजस्तो गरिमामाय पदमा भएको नियुक्ति सिफारिसलाई विवादित नबनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको पनि मगरले जनाए । सभामुख घर्ती अझै अस्पतालमै उपचार गराइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
प्रस्तावित ‘कुलिङ पिरियड’ र थप अनुभवको सर्तप्रति गभर्नर पौडेलको असहमति, भने – ‘यो व्यावहारिक छैन’
-
स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
-
युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु
-
कक्षा १२ प्राविधिक धार तर्फका विद्यार्थीका माग सम्बोधन गर्न ध्यानाकर्षण
-
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण