शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुँदैन : राणा

सोमबार, २९ चैत २०७२, १५ : ३७
सोमबार, २९ चैत २०७२

चितवन - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने विचार व्यक्त गरेका छन् ।

यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले मधेस समस्या समाधान गर्न तत्काल वार्ता टोली बनाएर सरकार क्रियाशील हुनपर्नेमा जोड दिए । फरक प्रसङ्गमा उनले भने –“नाकाबन्दीपछि पनि कालोबजारी रोक्न नसक्नु सरकारको कमजोरी हो । ” नेता राणाले १९९० सालको भूकम्पले अहिलेको भन्दा बढी क्षति गरे पनि छ महिनामा पुनःनिर्माणको काम धेरै अघि बढेको तर अहिले एक वर्ष पुग्दा समेत काम अगाडि नबढेकााम असन्तुष्टि व्यक्त गरे। राप्रपा र राप्रपा नेपालको एकीकरणका सन्दर्भमा उनले एक साताभित्र प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप