शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पुनः निर्माणमा असहयोग गर्ने गाविससचिवलाई कारबाही गरिन्छ’

सोमबार, २९ चैत २०७२, १६ : ०५
सोमबार, २९ चैत २०७२
गोरखा - शान्ति तथा पुनःनिर्माण मन्त्री तथा पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष एकनाथ ढकालले पुनः निर्माण कार्यमा असहयोग गर्ने गाविस सचिवलाई कारबाही गर्ने बताएका छन् । त्रिपाल मुनि रहेका जनतालाई नयाँ घर बनाउन रोक्ने सरकारी कर्मचारीलाई कारबाही गरिने उनले बताए । समितिको आजको पहिलो बैठकमा बोल्दै उनले भने, “जनता पालुमुनि छन्, सचिवले आन्दोलन गर्न मिल्दैन, पुनः निर्माणमा असहयोग गर्ने, हेलचेक्र्याइँ गर्ने र अल्छी गर्ने सरकारी कर्मचारीलाई कारबाही गर्छौं ।” समितिको बैठकमा सांसदहरु चीनकाजी श्रेष्ठ, कमला पन्त, हितराज पाण्डे, कृष्ण धिताल, छमबहादुर गुरुङ, प्रजिअ नारायणप्रसाद भट्ट, स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्य र पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाका प्रमुख गुणराज भट्टराईलगायतले बर्खाअघि नै भूकम्पपीडितले घर बनाउन सक्नेगरी अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप