सचिनको जीवनीमा आधारित चलचित्रको पोस्टर सार्वजनिक
सोमबार, २९ चैत २०७२, १७ : ५६
काठमाडौं – भारतीय क्रिकेटर सचिन तेन्दुलरको जीवनीमा आधारित चलचित्र ‘सचिन–अ बिलियन ड्रिम्स’को पोस्टर सार्वजनिक भएको छ । चलचित्रको टिजर भने बिहिबार सार्वजनिक हुनेभएको छ ।
पोस्टर सार्वजनिक हुने बित्तिकै समाजिक सञ्जालमा यसको निकै चर्चित बनेको छ । बलिवुड स्टार शाहरुख खान देखि रोहित शर्माले यसको पोस्टर सेयर गरेका छन् भने सचिनलाई बधाई दिइरहेका छन् ।
रवि भागचंडका र कार्निभल मोसन पिक्चर्सको निर्माणमा बनेको चलचित्रको निर्देशक जेम्स एस्र्किन हुन् । चलचित्रका संगीतकार एआर रहमान रहेका छन् । उनले यसअघि ‘वान नाइट इन ट्युरिन’ र ‘ब्याटल अफ द सेक्सेज’ जस्ता कयौं चलचित्र निर्देशन गरिसकेका छन् । अघिल्लो वर्ष उनले साइक्लिस्ट मार्को पटानीमा आधारित चलचित्र पनि बनाएका थिए । उक्त चलचित्रको निकै तारिफ गरिएको थियो ।
हालसम्म चलचित्रमा कसले सचिनको भूमिका निभाउने खुलाइएको छैन । यद्यपि, सचिन आफैले चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने भारतीय मिडियाहरुले बताएका छन् ।
यस चलचित्र निर्माण गर्न कयौं देशका क्रिकेट बोर्ड पनि जोडिएको बताइएको छ ।
अघिल्लो महिना मात्र भारतीय कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित चलचित्रको पनि टिजर रिलिज गरिएको थियो । अर्का पूर्व कप्तान मोहमद अजहरुद्धिनको जीवनीमा आधारित चलचित्र अजहरको पनि पोस्टर सार्वजनिक भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
प्रस्तावित ‘कुलिङ पिरियड’ र थप अनुभवको सर्तप्रति गभर्नर पौडेलको असहमति, भने – ‘यो व्यावहारिक छैन’
-
स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
-
युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु
-
कक्षा १२ प्राविधिक धार तर्फका विद्यार्थीका माग सम्बोधन गर्न ध्यानाकर्षण
-
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण