इंग्ल्याण्डका पूर्व क्रिकेटर पिटरसन दक्षिण अफ्रिकाबाट खेल्न सक्ने
काठमाडौं – इंग्ल्याण्डका पूर्व क्रिकेटर केभिन पिटरसनले आफू जन्मेको देश दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने आशा व्यक्त गरेका छन् । सन् २०१४ मा इंग्ल्याण्डको क्रिकेट टोलीबाट निष्कासित बनेका ३५ वर्षीय पिटरसनले त्यसयता अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । त्यसयता टी–२० स्पेसियलिस्टको रुपमा विभिन्न क्लबबाट खेलिरहेका पिटरसन सन् २०१८ देखि दक्षिण अफ्रिकाबाट सबै प्रकारको क्रिकेट खेल्न योग्य हुनेछन् । ‘हो मैले त्यो विकल्प पनि सोचिरहेको छु तर अझै पनि इंग्ल्याण्डबाटै पुनरागम गर्ने पनि आशा मारेको छैन,’ उनले भने । दक्षिण अफ्रिकाको पिटरमार्टिन्जबर्गमा जन्मेका पिटरसनले १६ वर्षअघि देश छाडेका थिए । उनको आमा इंग्लिस भएका कारण उनले इंग्ल्याण्डबाट क्रिकेट खेल्ने अवसर पाएका थिए । त्यसयता उनले १०४ टेस्टमा ४७.२८ को औसतले ८,१८१ रन बनाएका छन् । तर, अस्ट्रेलियासँग एसेसमा ह्वाइटवास भएपछि उनलाई टोलीबाट हटाइएको थियो । उनले पछि आफ्नो आत्मकथा लेख्दै इंग्ल्याण्ड क्रिकेट बोर्ड र आफ्ना समकक्षीको आलोचना गरेका थिए । उनले सन् २०१५ मा अन्तिम पटक पहिलो श्रेणीको क्रिकेट खेलेका थिए । इंग्ल्याण्डका वानडे कप्तान इयोन मोर्गनले भने गत फेब्रुअरीमा पिटरसनको इंग्ल्याण्डको टोलीमा फर्कने सम्भावना नरहेको बताएका थिए । पिटरसन हाल आइपीएलमा राइजिङ पुने सनराइजर्ससँग आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण