शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘काँग्रेस तत्काल सरकारमा जाँदैन’ : लेखक

सोमबार, २९ चैत २०७२, ०६ : ११
सोमबार, २९ चैत २०७२

चितवन - नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आफ्नो पार्टी प्रतिपक्षमै बसेर संविधान कार्यान्वयनमा लाग्ने बताएका छन् ।

काँग्रस संसद्को ठूलो दल भएका कारण प्रभावकारी रुपमा प्रतिपक्षको भूमिकामा बस्ने उनको भनाइ थियो ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले तत्काल काँग्रेस सरकामा नजाने बताए ।

काँग्रेसभित्रको आन्तरिक विवादलाई मिलाएर सबल र सक्षम पार्टी बनाउन अहिलेको नेतृत्व सक्षम रहेको उनले बताए । लोकतन्त्रमा जित र हार हुने भए पनि कुनै मतभेद नराखी काम गर्न सभापति शेरवहादुर देउवा लागि पर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप