शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फासिजम र नाजिजम भनेको यहि हो : अध्यक्ष ओली

शुक्रबार, ०१ साउन २०८३, १४ : १३
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश फासीवादतर्फ उन्मुख भएको बताएका छन् ।
  • उनले सरकारका क्रियाकलापहरू फासिवादतर्फ उन्मुख भएको र राष्ट्रिय स्वयं सेवा दललाई राजनीतिक उद्देश्य पूरा गर्न प्रयोग गर्न लागिएको आरोप लगाए ।
  • ओलीले सरकारले सञ्चारमाध्यमका गेटमा गाडी तेर्स्याएर, सिभिल ड्रेसमा मानिसहरू पठाएर आक्रमण गराउने प्रयास गरेको र कानुनको बर्खिलाप गर्ने कामको नेतृत्व सरकारले गरिरहेको आरोप लगाए ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश फासीवादतर्फ उन्मुख भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीको वेबसाइट तथा एपको नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका क्रियाकलापहरू फासिवादतर्फ उन्मुख भएको बताएका हुन् । 

‘नहुने कुरा भएको छ । हुन नहुने कुरा पनि सहनुपरेको छ । फासिजम भनेको यहि हो । नाजिजम भनेको यहि हो’, ओलीले भने, ‘राष्ट्रिय स्वयं सेवा दल बनेकै थियो अब त्यसलाई ठुलो सरकारी खर्चमा राजनीतिक उद्देश्य पुरा गर्न लागिएको छ ।’

बालेन सरकारका गतिविधि तानाशाही हुँदै गएको भन्दै अध्यक्ष ओलीले सञ्चारमाध्यमका गेटमा सरकारी पक्षले नै गाडी तेर्स्याएर जनताको अपमान गरेको बताए । 

कोही विरोध प्रदर्शनमा उत्रियो भने सिभिल ड्रेसमा ट्रेन मानिसहरू पठाएर आक्रमण गराउने सरकारको प्रयास गरिरहेको ओलीको भनाइ छ । गाडी तेर्स्याउने र मानिसहरू धम्क्याउने काममा सरकार लाग्दा देश निसासिएको र ऐठनको अवस्थामा पुगेको भन्दै ओलीले समाज भाँड्ने, बिथोल्ने र कानुनको बर्खिलाप गर्ने कामको नेतृत्व सरकारले गरिरहेको आरोप लगाए ।

संसद् समेत सरकारबाट दमित भएको बताएका ओलीले राज्यका सबै अङ्ग कार्यकारिणी नियन्त्रित बनाएकाले राजनीतिक दलहरूले त्यसलाई तोड्न आवश्यक रहेको बताए । तर राजनीतिक पार्टीहरूमा टाढा देख्ने भिजन हराउँदै गएको ओलीको टिप्पणी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप