शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्ड संघीयता विरोधी : डा. भट्टराई

सोमबार, २९ चैत २०७२, २० : ०५
सोमबार, २९ चैत २०७२

काठमाडौं – नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलेले मधेसी र पहाडीबीच फाटो उत्पन्न गराई एकअर्काको विरोधीरुपमा उभ्याउने सत्तासीन दलहरुको मण्डले राष्ट्रवाद नेपाली राष्ट्रियताको निम्त घातक रहेको स्पष्ट पारेका छन् । पार्टी प्रशिक्षणका लागि जनकपुर पुगेका उनले नयाँ शक्ति नेपाल प्रदेश नं. २ को जनकपुरमा आयोजित बैठकमा सहभागी हुँदै सो कुरा बताएका हुन् । उनले थारु मधेस, आदिवासी जनजाति र खस आर्य तीन क्लस्टरको भावनात्मक एकताबिना नेपाली राष्ट्रियता एकता मजबुत हुन नसक्ने बताए । दुई नम्वर प्रदेशको आठवटै जिल्लावाट सहभागी अन्तिरम केन्द्रिय परिषद सदस्यहरुलाई सम्बोधन गर्दै संयोजक डा.भट्टराईले भने, ‘मधेस देशको मेरुदण्ड रहेको हो । अरु समुदायसँगे मधेस सन्तुष्ट भए मात्र देश खुसी हुन सक्छ ।’ एक अर्को प्रसंगमा डा.भट्टराईले एमाओवादीका अध्यक्ष प्रचण्ड संघीयता विरोधी रहेको बताए । चित्रबहादुर केसी, कमल थापा र केपी ओलीसंगको प्रचण्डको साँठगाँठ रहस्यमय रहेको बताए । प्रचण्डले जनयुद्वको सारा मुद्दाहरु समर्पण गर्दै संघियता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी शतिmसंग गरेको हातेमालो देशको लागि घातक रहेको उनको बुझाइ थियो । ‘यस्तै षड्यन्त्रहरुबाट देशलाई बचाउन हामी वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा जुटिरहेका छौं,’ उनले भने । आफूले संविधानमा हस्ताक्षर गरेको प्रसंगलाई मधेसी दलहरुले गलत प्रचार गरेको उनले बताए । डा.भट्टराईले भने, ‘तर मधेस विराधी संविधान बनेपछि संसद वहिष्कार गरेर आन्दोलन गर्नुपर्ने मधेसवादीहरु सत्ता र भत्ताकालागि प्रधानमन्त्रीको चुनावमा भाग लिए । उनीहरुले संसद छाड्न सकेनन् । उनले मधेस र पहाड जोडेर विकास र समृद्धितर्फ मुलुकलाई डोहो¥याउनु यतिबेलाको प्रमुख कार्यभार रहेको बताए । ‘नयाँ शक्तिले यही मर्मलाई आत्मसाथ गर्दै देशव्यापी अभियान सञ्चालन गरिरहेको छ,’ नेता कार्यकर्ता प्रशिक्षित गर्दै उनले भने, ‘राजनीतिक परिवर्तनपछिको भौतिक समृद्धिको तेस्रो अध्यायको नेतृत्व अब नयाँ शक्तिले गर्नेछ ।’ ‘नयाँ शक्तिको सफलताबाट तिल्मिलाएका पुराना शक्तिहरुले छर्ने कुनै पनि भ्रमको पछि नलागी तथ्य र तर्कयुक्त प्रतिवाद गर्दै आफ्नो उद्देश्यमा अगाडि बढ्नुहोस्,’ उनले भने । यो अभियानको नेतृत्व गर्न आ–आफ्नो ठाउँबाट तयार हुन नेता भट्टराईले कार्यकर्तालाई निर्देशन दिए । प्रदेशको बैठकपछि आजै उनले नेता कार्यकर्ता र विभिन्न पेशा व्यावसायीहरुसँगको भेटघाट गर्ने कार्यक्रम रहेको छ । डा.भट्टराईको हरेक महिना एक दिन जनताको घरमा बास बस्ने कार्यक्रम अन्तर्गत आज जानकीनगर–७ का शम्भु शाहको घरमा बास बस्ने कार्यक्रम छ । आधारभूत तहका जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरुको समस्या बुझ्न भट्टराईले हरेक महिनाको एक दिन जनताको घरमा बास बस्ने गरेका छन् । यसअघि उनी चितवनको सुकुम्बासी बस्तीमा बास बसेर उनीहरुसँग अन्तरक्रिया गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप