प्रधानमन्त्रीबाट कीर्तिमानी आरोहीलाई सम्मान
सोमबार, २९ चैत २०७२, २१ : २५
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान गर्ने एकै परिवारका तीन जनालाई आज गोकर्णमा आयोजित कार्यक्रममा सम्मान गर्नुभएको छ ।
पासाङल्ह्यामु पर्वतारोहण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आरोही ल्हक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र पासाङ ल्ह्यामु शेर्पालाई सम्मान गरिएको हो । प्रधानमन्त्री ओलीले राष्ट्रिय विभिूति पासाङ ल्याह्मु शेर्पा आदर्श र साहसको प्रतीक भएको बताउनुभयो ।
“पढाई र खेलकुदमा स्वर्ण पदक जितेपनि, जोखिमपूर्ण हुँदैन, पर्वतारोहणमा स्वर्ण पदक जित्न जोखिमपूर्ण छ, ठट्टाका भरमा कसैले हिमाल आरोहण गर्न सक्दैन, शेर्पालाई पनि हिमाल चढ्न सजिलो हुदैन”–उहाँले भन्नुभयो । पर्वतारोहणमा शेर्पा जातिप्रति सबै नेपालीले गौरव गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा ९एमाले०का महासचिव ईश्वर पोखरेलले पासाङ ल्ह्यामु भौतिक रुपमा नभएपनि उहाँको वीरतापूर्ण काम अमर कृतिका रुपमा रहेको बताउनुभयो ।
पूर्वमन्त्री तथा प्रतिष्ठानका अध्यक्ष कृपाशूर शेर्पाले साहसिक पर्यटनमा विश्व कीर्तिमान बनाउनेलाई प्रतिष्ठानले सम्मान गर्दै आएको जानकारी गराउनुभयो ।
सो अवसरमा शेर्पा परिवारलाई सगरमाथा आरोहणका लागि प्रेरणा दिएको भन्दै अमेरिकी नागरिक मिस एलिजावेथ हलीलाई पनि उहाँले सम्मान गर्नुभएको थियो ।
सो अवसरमा प्रतिष्ठानका तर्फबाट रसियामा सद्भावनादूतको काम गरिरहनुभएका रसियाली नागरिक अलेक्जेन्डर आग्रामो र सम्मानित पासाङ ल्ह्यामु शेर्पालगायत वक्ताले हिमाल आरोहणको चुनौतीका बारेमा प्रकाश पार्नुभएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण