शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेनमा तीन भारतीय विद्यार्थीमाथि हमला, दुईको मृत्यु

सोमबार, २९ चैत २०७२, २१ : ३८
सोमबार, २९ चैत २०७२

नयाँ दिल्ली –युक्रेनस्थिन एक मेडिकल कलेजमा अध्ययनरत् भारतीय विद्यार्थीमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको सोमबार भारतीय विदेशमन्त्री शुष्मा स्वराजले बताएकी छन् । घटनामा एक जना अन्य विद्यार्थी घाइते भएका छन् ।

“हाम्रा दुई विद्यार्थी प्रणय सान्धिल्य र अंकुर सिंहमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा युक्रेनमा उनीहरुको आइतबार मृत्यु भएको दुःखद खबर आएको छ,” स्वराजले भनिन्। सान्धिल्य मुजफ्फरपुर र सिंह गाजियाबादबाट चिकित्सा विज्ञान अध्ययनका सिलसिलामा युक्रेन पुगेका थिए । घटनामा आग्राका इन्द्रजित सिंह चौहान घाइते भएका छन् ।

युक्रेनस्थिन भारतीय राजदूतावास युक्रेनी अधिकारीको सम्पर्कमा रहेर घटनाबारे अनुसन्धान जारी राखेको स्वराजले बताइन् ।

उज्गोरोड मेडिकल कलेजमा एमबीबीएस तेस्रो र चौँथो वर्षमा युक्रेनमा अध्ययनरत् उनीहरुलाई युक्रेनी तीन नागरिकले बिहानको समयमा आक्रमण गरेका थिए ।

उनीहरुमाथि किन आक्रमण गरिएको थियो भन्नेबारे छानबिन भइरहेको स्वराजले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप