सेञ्चुरी कमर्सियल बैंक र एस रेमिटबीच रेमिट्यान्स सम्झौता
मङ्गलबार, ३० चैत २०७२, १३ : ३२
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र एस रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट एस रेमिटको भुक्तानी लिन सकिनेछ र साथै एस रेमिटका सम्पूर्ण एजेन्टहरुबाट सेञ्चुरी रेमिटको भुक्तानी लिन सकिने छ । आ.व. २०७२/७३ को पुस मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२४.०८ अर्व र कर्जा रकम रु. २०.८४ अर्व परिचालन गरी रु. २३.४२ करोड सञ्चालन मुनाफा र १६.०८ करोड खुद मुनाफा आर्जन गरेको छ । २०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र दुईटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
-
साउने सङ्क्रान्तिसँग जोडिएको मौलिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण