शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुनसरीको गौतमपुरमा भीषण आगलागी : एक बालकको ज्यान गयो, आगो नियन्त्रणबाहिर

मङ्गलबार, ३० चैत २०७२, १३ : ४७
मङ्गलबार, ३० चैत २०७२

इटहरी – सुनसरीको गौतमपुर १ मा भिषण आगलागी भएको छ । आगलागीमा परी मावली आएका इटहरीका एक बालकको मृत्यु भएको छ । चन्दन साहका ७ वर्षिय छोरा बलराम साहको आगोमा परी मृत्यु भएको हो । उनको घरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्ममा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने आगो नियन्त्रण भन्दा बाहिर छ । इटहरी र इनरुवाको आग्नी नियन्त्रकले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको छन् । दिउँसो देखि चलिरहेको हावा हुरीका कारण आगो नियन्त्रण गर्न अत्यन्त गाह्रो भएको प्रहरीले जनाएको छ । अहिले स्थानिवासी र सुरक्षाकर्मी समेत आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप