शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओखलढुंगामा एक सातादेखि लागेको आगो गाउँमा पस्यो, आगोकै कारण सिंहदेवीमा ९ घर जलेर नष्ट

मङ्गलबार, ३० चैत २०७२, १७ : २७
मङ्गलबार, ३० चैत २०७२

ओखलढुंगा–ओखलढुंगाको रानीवन र सिंहदेवीको सीमानामा एक सातादेखि लागेको आगो गाउँमा पस्दा सिहंदेवी गाविसका ९ घर जलेर जष्ट भएको छ । गत चैत २४ गते बुधबारबाट लागेको आगो तिब्र हावाहुरीका कारण एक्कासी गाउँमा पस्दा सिहंदेवीको वडा नम्बर–३ चिउरीडाडाको खड्का बस्ती जलेको हो ।

सिहंदेवीको नौबिसे चिउरीडाँडाबाट सल्केको आगो पंहेले र सुगुरे सामुदायिक वन हुँदै गाँउमा पसेको स्थानिय शिक्षक बिनोद बिकले जानकारी दिए । त्यस्तै आगोलागीकै कारण पसलटार लगु जलविद्युत आयोजनाको प्रसारण लाईन सुंगुरेमा विद्युतको पोल तथा तार जलेकाले विद्युत पनि अवरुद्ध भएको उनको भनाई छ ।

अहिले जनपथ र सशस्त्र प्रहरीको टोलीले गाउँलेहरुलाई सुरक्षित स्थानमा सार्ने काम भैरहेका जिल्ला प्रहरी कार्यलय ओखलढुंगा डिएसपी दिपेन्द्र शाहाले जानकारी दिए । आगोलागीका कारण रानीवन गाविसको लक्ष्मीटार, राजदेवल र विमिरेलगायतका सामुदायिक वन नष्ट भएको छ । रानीवन गाविसको जंगलबाट सल्किएको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन् । वन तथा पाखो छेउको बस्ती भएकाले आगो बस्तीमा पसेको प्रहरीको भनाई छ । आगो गाउँमा पसिसकेकाले अझै क्षति हुन सक्ने अनुमान गरिएको छ । आगोलागीका कारण अहिलेसम्म मानवीय क्षति भने नभएको जनाइएको छ । आगोले घरगोठ जलेपछि स्थानीयमा रुवाबासी छाएको छ । आगो गत २६ गते शुक्रबार निभाइएको भएपनि भिरालो जमिनका कारण सल्लाको ठुटाबाट पुनं सल्केको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप