शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

क्लासिक टेकको १७औँ वार्षिकोत्सव

शुक्रबार, ०१ साउन २०८३, १३ : १९
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले 'प्रभावका लागि जोडौँ' भन्ने नारासहित आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ ।
  • वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवाका साथै प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ ।
  • यस अभियानअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघसँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ भने अनमोल चिल्ड्रेन डेभलपमेन्ट होमलाई निःशुल्क इन्टरनेट र कम्प्युटर सहयोग गरेको छ ।

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौँ (कनेक्ट फर इम्प्याक्ट)’ भन्ने मूल नारासहित आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ । 

वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्या‍एको छ । कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान हो ।

यस अभियानअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघ (एनडीडब्लूए) सँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । यो सम्झौताले अपाङ्गता भएका महिलाहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत पुर्‍याउने कम्पनीले विश्वास लिएको छ ।

यसैगरी, कम्पनीले अनमोल चिल्ड्रेन डेभलपमेन्ट होम (एसीडीएच) लाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा र एक थान कम्प्युटर उपलब्ध गराएको छ । यस सहयोगबाट त्यहाँ रहेका बालबालिकाहरूको डिजिटल शिक्षा र प्रविधिमा पहुँच बढाउन मद्दत पुग्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप