म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
सारांश
- फिफा विश्वकप २०२६ को फाइनल खेलको हाफटाइम सामान्यभन्दा लामो हुने भएको छ, जुन २० देखि २५ मिनेटसम्म लम्बिन सक्ने अपेक्षा गरिएको छ।
- यस हाफटाइममा म्याडोना, शकिरा, बीटीएस, जस्टिन बिबर लगायतका कलाकारहरूको ११ मिनेट लामो सांगीतिक प्रस्तुति हुनेछ।
- यद्यपि, अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) को नियमअनुसार मध्यान्तर १५ मिनेटभन्दा बढी हुन नहुने व्यवस्था छ।
न्युयोर्क । आइतबार राति हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको हाफटाइम सामान्यभन्दा लामो हुने भएको छ। आयोजकका अनुसार मध्यान्तर २० देखि २५ मिनेटसम्म लम्बिन सक्ने अपेक्षा गरिएको छ।
न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलको मध्यान्तरमा ‘सुपर बाउल’ शैलीको ११ मिनेट लामो सांगीतिक प्रस्तुति आयोजना गरिनेछ। कार्यक्रममा विश्वप्रसिद्ध गायिका म्याडोना, शकिरा तथा दक्षिण कोरियाली चर्चित के–पप समूह बीटीएसले संयुक्त रूपमा प्रस्तुति दिनेछन्।
फिफासम्बद्ध स्रोतहरूका अनुसार मध्यान्तर करिब २० मिनेटको हुने सम्भावना छ। यद्यपि, अर्को विकल्पअनुसार खेलको नियमित १५ मिनेटको मध्यान्तरपछि अतिरिक्त ११ मिनेटको सांगीतिक कार्यक्रम सञ्चालन गर्न सकिने बताइएको छ।
तर, अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) ले तय गरेको खेल नियमअनुसार खेलाडीहरूलाई दिइने मध्यान्तर १५ मिनेटभन्दा बढी हुन नहुने व्यवस्था छ। गत वर्ष न्यु जर्सीमै आयोजना गरिएको क्लब विश्वकप फाइनलमा पनि फिफाले कोल्डप्ले, जे बाल्भिन, डोजा क्याट, टेम्स र इमानुएल केलीको सांगीतिक प्रस्तुतिका कारण मध्यान्तर २४ मिनेटसम्म लम्ब्याएको थियो।
यसपटकको सांगीतिक कार्यक्रममा हालै जस्टिन बिबरको नाम पनि थपिएको छ। म्याडोना, शकिरा र बीटीएससँगै बर्ना ब्वाय, गुस्ताभो डुडामेल तथा पीएस२२ कोरसले पनि प्रस्तुति दिनेछन्। कोल्डप्लेका गायक क्रिस मार्टिनले सम्पूर्ण सांगीतिक कार्यक्रमको संयोजन गरेका छन्।
विश्वकप फाइनल स्थानीय समयअनुसार दिउँसो ३:०० बजे (आइतबार राति १२:४५ नेपाली समयअनुसार) सुरु हुनेछ। त्यसभन्दा डेढ घण्टा अघिबाट समापन समारोह आयोजना गरिनेछ।
समापन समारोहमा हलिउड अभिनेता टम क्रुज, इटालीकी गायिका लौरा पाउसिनी, अमेरिकी गायिका निकोल शर्जिङ्गर, बेलायती गायक रोबी विलियम्स तथा चर्चित युट्युबर आईशोस्पिडले प्रस्तुति दिने कार्यक्रम छ। अमेरिकी राष्ट्रिय गान भने चर्चित गायिका जेनिफर हडसनले गाउनेछिन्।
विश्वकप फाइनलमा उपाधिका लागि स्पेन र अर्जेन्टिनाबिच प्रतिस्पर्धा हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण