शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको नयाँ वर्षको ‘रिजोल्युसन’ : संविधान र संघीयता कार्यान्वयनदेखि पूर्वपश्चिम रेलमार्ग निर्माणसम्म

मङ्गलबार, ३० चैत २०७२, १८ : ३३
मङ्गलबार, ३० चैत २०७२
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पूर्व सन्ध्या राष्ट्रको नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भूकम्पले आफूहरुको आत्मविश्वासमा कमी नआएको भन्दै आफ्ना प्रतिबद्धताहरु पूरा गरी छाड्ने अठोट गरेका छन् । ‘६ महिनाको अवधिमा के गर्यो यो म फेहरिस्त भन्न गएको छैन । प्रतिकुलताका बाबजुद गरिएको कामले सरकारको प्रतिबद्धता देखाउन खोजेको मात्र हो,’ उनले सम्बोधनका क्रममा भने । ‘जसले सपना देख्न छाडछ, उसको प्रगति रोक्निछ । मैले देखेको सपना स्मार्ट सिटिसहितको नक्सा कोर्न आग्रह गरेको छु,’ उनले भने । नयाँ वर्षमा लिइने ‘रिजोल्युसन’ को शैलीमा प्रधानमन्त्रीले विभिन्न योजनाहरु सुनाए । यस्ता छन् प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा प्रस्तुत गरेका केही प्रतिबद्धताहरु :
  • आगामी असोज अन्त्यसम्म तुइन विस्थापित हुनेछन् ।

  • अन्तरदेशीय प्रशारण लाइनको काम पूरा हुन्छ ।

  • बैशाख १२ देखि निजी आवासगृह निर्माण शुरु हुन्छ ।

  • यो बर्ष सवै जिल्लामा अनुदान सम्झौता गर्छ ।

  • गाँउ गाँउमा पुन निर्माण सामुदायिक समिति बनाइने छ ।

  • गाँग गाँउमा सामूहिक आवास बनाइनेछ ।

  • शैक्षिक संस्था, स्वास्था चौकीको पुन निर्माण अगाडि बढाइनेछ ।

  • आयोगमा आबश्यक जनशक्ति पुरा गरी काम गरिनेछ ।

  • प्रत्येक जिल्लामा दुई स्रोत केन्द्र स्थापना गरेर काम अगाडि बढाइनेछ ।

  • राष्ट्रपति, उपराष्ट्रपतिको कार्यलय, प्रधानमन्त्रीको कार्यलय, सेनाको मुख्यालय, निर्वाचन आयोगको नियाँ संचरना निर्माणको काम शुरु गरिनेछ ।

  • सरकारले ठूला संचरना निर्माणमा प्राथामिकता दिनेछ ।

  • राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्य रणनीतिक आयोजनाहरु प्राथामिकाका साग अगाडि बढनेछन् ।

  • पूर्वपश्चिम रेलमार्ग निर्माण कार्यमा सरकार लाग्छ ।

  • हवाई मार्गलाई समय अनुसार विस्तार गरिनेछ ।

    माथिल्लो तामाकोशी लगायतका निर्माणधीन आयोजना तीव्र गतिमा अगाडि बढ्नेछ ।

  • प्रशारण लाइनक्षेत्रमा ध्यान दिने सरकारी योजना छ ।

  • विद्युतीय सवारी साधन प्रयोग गर्न तत्कालबाट ध्यान दिन जरुरी छ ।

  • कमला बागमती, तिनाउ जस्ता आयोवजना अगाडि बढाएर तराईमा हरितक्रान्ति त्रीव पारिनेछ ।

  • नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने र बाहिरी लगाउने ल्याउन प्रोत्साहन गरिनेछ ।

  • जनताको लगानीमा जलविद्युत निर्माण गरिनेछ ।

  • एक बर्षभित्र आत्मनिर्भर । आधारभुूत खाद्यबस्तु, उपकरण, सेवा, उर्जाको साधनमा हामी आत्मनिर्भर हुन्छौँ ।

  • भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका सम्पदाहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य चौकीहरु, सरकारी भवनहरु लगायतको पुनर्निर्माण प्रकृयालाई तत्काल अघि बढाइनेछ ।

  • तत्काल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र कार्यान्वयन निकायलाई आवश्यक जनशक्तिको व्यवस्थापन गरी संस्थागत संरचनालाई पूर्णता दिइनेछ ।

  • प्रत्येक जिल्लामा कम्तीमा दुई स्थानमा स्रोतकेन्द्रहरु स्थापना गरिने छ । प्रत्येक गाविसमा एक जना इन्जिनियर, एक जना सामाजिक परिचालक र एकजना तालिम प्राप्त निर्माण कर्मीको व्यवस्था गरिनेछ ।

  • भवन विहीन अवस्थामा रहेका राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको आवास तथा कार्यालय, प्रधानमन्त्रीको कार्यालय, सेनाको मुख्यालय, सर्वोच्च अदालत, संसद भवन, निर्वाचन आयोग लगायत महत्वपूर्ण सरकारी निकायहरुको निर्माण प्रकृया तत्काल थालिने छ ।

    प्रधानमन्त्री ओलीले एसियाली राष्ट्रहरुमा हाम्रो उचाइ त्यतिबेला देखिन्छ जतिबेला आर्थिक र सामाजिक उचाई हुने जिकिर गर्दै भने, ‘बलियो आर्थिक नीतिले नै हाम्रो उचाई बढ्छ ।’ प्रधानमन्त्री ओलीले भारत र चीनसँग समदुर सम्बन्ध राख्न चाहेको पनि स्पष्ट पारे । ‘आधारभूत राष्ट्रिय हितमा हामी सचेत छौँ ।
पंचशिलको नीतिलाई हामीले अंगीकार गर्दै आएका छौँ । छिमेकी मित्र राष्ट्रहरुसँग मात्र होइन, एयिसा र सिंगो विश्वमा हामी सम्बनध राख्न चाहन्छौँ,’ उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप