खोटाङ दुर्घटनाप्रति शेर बहादुर देउवाद्वारा दुःख व्यक्त
बुधबार, ०१ वैशाख २०७३, ११ : ०३
काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार अर्थात चैत ३० गते खोटाङको दिक्तेलबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी धेरै जनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।
उनले दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति श्रद्वञ्जली र मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन्, घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
देउवाले यो वर्ष मात्र दुई हजारभन्दा बढी व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको छ । सवारी सचेतना, बाटोहरुको स्तरोन्नति तथा सवारी साधनले क्षमताभन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थाका साथ आगामी दिनमा यस्ता घटनाको न्यूनिकरण गर्न आवश्यक कदम चाल्न सरकार र सम्वद्ध सबै पक्षसँग अनुरोध गर्ने बताए ।
दुर्घटनामा २४ जनाको मृत्यु र दर्जनौँ भन्दा बढी घाइेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा एमालेसँगको सहकार्यलाई निरन्तरता दिने पक्षमा कांग्रेस
-
देउवा समूहको बैठक बस्दै
-
विदेशी विद्यार्थीको भिसा नियम कसिलो बनाउँदै अमेरिका
-
दक्षिणी इरानका पुललाई निशाना बनाएर आक्रमण गरिरहेछ अमेरिका
-
मुख्यमन्त्रीमा जीवनबहादुर शाही प्रस्ताव, अरुमा कसरी हुन्छ ‘पावर सेयरिङ’ ?
-
‘अब फुटबलका लागि क्लब रोज्छु, प्रचारका लागि होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण