राजनीति
देउवा समूहको बैठक बस्दै
शुक्रबार, ०१ साउन २०८३, १४ : ०४
सारांश
- आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक बस्दैछ ।
- चुनदेवीस्थित सम्पर्क कार्यालयमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्न लागेको छ ।
- बैठकमा साउन ६ गतेको वीपी स्मृति दिवसको कार्यक्रम र समसामयिक राजनीतिबारे छलफल हुनेछ ।
काठमाडौँ । पार्टीभित्रको आन्तरिक विवाद र अब कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक बस्दैछ । समूहको सम्पर्क कार्यालय चुनदेवीमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केहीबेरमा बैठक बस्न लागेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
‘आगामी रणनीतिबारे छलफल गर्न काठमाडौँमा उपलब्ध पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूको बैठक बस्दैछौँ,’ नेता विश्वकर्माले रातोपाटीसँग भने, ‘साउन ६ गतेका लागि तय भएको वीपी स्मृति दिवसको प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण