सप्तरीको बजेट चार अर्बभन्दा बढी
सप्तरी– जिल्ला विकास समिति सप्तरीले आर्थिक वर्ष २०७३/७४ का लागि चार अर्ब ६४ करोड ५४ लाख ५९ हजार ५८१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
राजविराजस्थित जिविस सभाहलमा आयोजित २२औँ जिल्ला परिषद्मा सो बजेट प्रस्तुत गरिएको हो । प्रस्तावित बजेटमध्ये जिविसतर्फको कुल रकम रु एक अर्ब ३६ करोड ३२ लाख १६ हजार २७५, पुँजीगततर्फ रु ७४ करोड ९१ लाख २६ हजार ५५० र विषयगत कार्यालयतर्फ कुल रु दुई अर्ब ४७ करोड ९५ लाख ७३ हजार ८१२ छुट्याइएका छन् ।
यसमध्ये चालुतर्फ रु ३१ करोड तीन लाख ९१ हजार ११० र पुँजीगततर्फ रु दुई अर्ब १६ करोड ९१ लख ६९ हजार ४०० छुट्याइएका छन् ।
यस्तै, चालुतर्फ रु १९ करोड, ९३ लाख २६ हजार ५०० र पुँजीगततर्पm ६० करोड ३३ लाख ४२ हजार ९१७ प्रस्तावित गरिएको छ । गत आवका लागि गत वर्ष पाँच अर्ब पाँच करोड ७१ लाख १९ हजार ७३८ को बजेट प्रस्तुत गरिएको थियो । गत वर्षको भन्दा ४१ करोड यस वर्षको बजेटमा कम भएको बताइएको छ ।
जिल्ला परिषद्को उद्घाटन जनआन्दोलन–३ मा सहिद भएका सप्तरीको भारदह–१ निवासी पहिलो सहिद राजीव राउतकी श्रीमती निलमदेवी राउतले मङ्गलबार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण