शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चुनाव प्रचारमा सरकारी गाडीको दुरुपयोग

बुधबार, ०१ वैशाख २०७३, १५ : १३
बुधबार, ०१ वैशाख २०७३

नवलपरासी – नवलपरासीको कोष तथा लेखा नियन्त्रक कार्यालयको गाडी कर्मचारी संगठनको चुनाव प्रचारमा प्रयोग गरिएको छ । यहि बैशाख १० गते हुन गैरहेको आधिकारीक कर्मचारी ट्रेड युनियनको चुनावको प्रचारमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले कोषको बा १ झ ८६१३ नबरको गाडी प्रयोग गरी मत माग्न कार्यालयहरुमा दौडधुप गरेका छन् । नवलपरासीका सरकारी कार्यालयमा गएर कर्मचारीका विभिन्न संगठनहरुले मतदाताहरुलाई आफनो पक्षमा पार्ने प्रयास गरेका छन् । हालको संरचनामा कर्मचारीका युनियनहरुको संस्थागत निर्वाचन हुने र कर्मचारीका ंसंगठनले पाएको मतका आधारमा पदाधिकारी चयन गर्ने प्रबधान छ । धेरै मत पाउने संगठनको ब्यक्ति अध्यक्ष र अन्य, बढि मतका आधारमा चुनिने छन् । नवलपरासीमा २४ सरकारी कार्यालयमा ६ सय ४१ कर्मचारी मतदाता रहेका छन । एमाओबादी निकटको कर्मचारी समितिले भने यस चुनावी प्रकृयाबाट बाहीरीयको जनाएको छ । कर्मचारी युनियन, संगठन, मधेशबादी दल निकट कर्मचारी मंच लगायतका बिभिन्न पार्टी निकट कर्मचारी संगठनहरु नवलपरासीमा कृयाशिल छन् । यस निर्वाचनमा अधिकृत र यसभन्दा तलका कर्मचारीले भाग लिन पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप