अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण
सारांश
- अमेरिकी रक्षा मन्त्रीले चाबहारको समुद्री नियन्त्रण टावरमा क्षेप्यास्त्र आक्रमण भएको दाबी गरेका छन् ।
- यो टावर माछा मार्ने डुङ्गाको खोज तथा उद्धार र समुद्री सुरक्षाका लागि प्रयोग गरिन्थ्यो ।
- यसअघि पनि उक्त क्षेत्रमा ड्रोन आक्रमण र धुवाँको मुस्लो देखिएको थियो ।
तेहरान । अमेरिकाले इरानको दक्षिणपूर्वी बन्दरगाह सहर चाबहारस्थित समुद्री नियन्त्रण टावरमा यसै साता तेस्रोपटक क्षेप्यास्त्र आक्रमण गरेको दाबी इरानी सरकारी सञ्चारमाध्यमहरूले गरेका छन् । सरकारी समाचार संस्था फार्स न्युज र आईआरआईबीका अनुसार आक्रमण क्षेप्यास्त्रमार्फत गरिएको हो ।
उक्त नियन्त्रण टावर मुख्य रूपमा समुद्रमा रहेका माछा मार्ने डुङ्गाको खोज तथा उद्धार (सर्च एन्ड रेस्क्यु) कार्य सञ्चालन गर्न तथा समुद्री सुरक्षाको निगरानी गर्न प्रयोग हुँदै आएको बताइएको छ ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा उक्त टावर ढलिरहेको देखिने एउटा तस्बिर सेयर गरेका छन् । उनले यसअघि ‘इरानले होर्मुज जलडमरूमध्य नियन्त्रण गर्दैन’ भन्दै पोस्ट गरेका थिए । सोही पोस्टको उत्तरमा उनले सो तस्बिर सार्वजनिक गरेको बुझिएको छ ।
यसअघि शुक्रबार सीएनएनले चाबहारको आवासीय क्षेत्रमाथि एउटा ड्रोन उडिरहेको र टाढा धुवाँको मुस्लो उठिरहेको देखिने भिडियो प्राप्त गरी त्यसको स्थान पुष्टि गरेको जनाएको थियो ।
ओमान खाडीको उत्तरी किनारमा रहेको चाबहार युद्धको सुरुवातमै आक्रमणको निशानामा परेको थियो । तर युद्धविराम भंग भएपछि यो क्षेत्र अमेरिकी आक्रमणको प्रमुख लक्ष्यमध्ये एक बनेको बताइएको छ ।
इरानी पक्षले आक्रमणको दाबी गरे पनि अमेरिकाले यस घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । साथै आक्रमणबाट भएको क्षति वा मानवीय हताहतीबारे स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
-
वनलाई उद्योग र अर्थतन्त्रसँग जोड्न माग
-
आफ्नै रेकर्ड तोड्दै नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन
-
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च
-
मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस
-
मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण