फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिने संस्कार तोड्नुपर्छ : डा. भट्टराई
इटहरी– नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिने राजनीतिक अभ्यासले मुलुकमा दण्डहिनता बढेको बताएका छन् ।
१२७ औं मई दिवसको अवसर पारेर नयाँ शक्ति नेपालले इटहरीमा गरेको खुलासभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका छन् । ‘अदालतले दोषी ठहर गरेका व्यक्तिलाई राजनैतिक संरक्षण दिनाले दण्डहिनता बढेको छ,’ उनले भने, ‘नयाँ शक्तिले फटाहा र अपराधीलाई संरक्षण दिँदैन ।’
उनले नयाँ शक्तिले अदालतले आफ्नै नेता कार्यकर्तालाई पनि दोषी देखाएका तत्काल निलम्बन गर्ने र आर्थिक प्रलोभनमा फसेका कार्यकर्तालाई संरक्षण नदिने बताए । ‘फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिएर असल राजनीतिक संस्कार विकास हुँदैन,’ उनले भने । नयाँ शक्तिले यस्तो संस्कारको सुरु गरिसकेको उनले स्पष्ट पारे ।
‘एमाले कांग्रेस र एमाओवादीजस्ता पुराना दलहरुले नयाँ नेपालको विकास र आमूल परिवर्तनका लागि सिन्को भाँच्न सकेनन्’ उनले भने, ‘संसद खच्चड र खिचडीजस्तो भएको छ र यही पुरानो ढर्रा र प्रणालीबाट देशको विकास समभव हुँदैन ।’ नयाँ संविधान घोषणापछि पनि कार्यान्वयन गर्न नसक्नु दलहरुकै कमजोरी रहेको भन्दै उनले जनताले अहिलेसम्म लोकतन्त्रको महसुस गर्न नसकेको बताए ।
‘देश विकास र परिवर्तन गर्ने भिजन भएका नेताहरु नयाँ शक्तिमा प्रशस्तै छन्,’ उनले भने ,‘हामीले जनताले साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’ उनले नयाँ शक्ति दश वर्षभित्र स्वदेशका कुनै पनि नागरिक बेरोजगार र गरिब नहुने अभियानमा लागिसकेको बताए ।
नयाँ शक्ति नेपाल सुनसरी जिल्ला कार्य परिषद्को आयोजनामा तथा इटहरी उमनपाको व्यवस्थापनमा आयोजित सभामा नयाँ शक्ति नेपाल, केन्द्रीय परिषद सदस्यहरु केशव दाहाल, गणेशराज राई, मुमाराम खनाल, डम्बर खतिवडा, पर्शुराम खापुड, प्रदेश संयोजक राजेन्द्र किराँती लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण