रोमाञ्चक मोडमा ला लिगाको त्रिपक्षीय भिडन्त : एक दिनमै शीर्ष स्थानमा तीन फरक टोली
काठमाडौं – स्पेनिस ला लिगामा दुई खेल बाँकी छँदा उपाधिका लागि त्रिपक्षीय भिडन्त रोचक बनेको छ । शनिबार राती केही घण्टाको अन्तरालमा ला लिगामा तीन फरक टोली शीर्ष स्थानमा विराजमान बने । डिफेन्डिङ च्याम्पियन बार्सिलोना, एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिड, तीनै टोली, यतिबेला लिग उपाधि हत्याउने होडबाजीमा रहेका छन् । शनिबार रातीको पहिलो खेलमा उपाधि दाबेदार रियलले रियल सोसिडाडको सामना गर्यो । घाइते स्टार क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा बिनै उत्रेको रियललाई सोसिडाडले खेलको लामो समय रोक्न सफल भएको थियो । रियलको एकपछि अर्को प्रहारलाई सोसिडाडले बिफल पनि बनायो । तर, विश्वकै महंगो खेलाडी गेराथ बेलले सिजनको १९ औं गोल गर्दै रियललाई रियललाई महत्वपूर्ण तीन अंक दिलाए । ३६ खेलबाट ८४ अंक बटुलेको रियल शीर्ष स्थानमा उक्लियो । यद्यपि, शीर्ष स्थानमा ऊ लामो समय टिक्न सकेन । उपाधिको अर्को दाबेदार एथ्लेटिको म्याड्रिडले रायो भायोकानोलाई १–० गोल अन्तरले पराजित गर्दै रियललाई उछिनेर शीर्ष स्थानमा कब्जा जमायो ।
एन्टोनियो ग्रिजमानको एक मात्र गोल एथ्लेटिकोका लागि निर्णयक बन्यो । त्यसपछि, मैदानमा उत्रियो डिफेन्डिङ च्याम्पियन बार्सिलोना । दुई प्रतिद्वन्द्वी टोली विजयी बनेपछि दबाब रहेको बार्सिलोनालाई १० खेलाडीमा सिमित भएर पनि रियल बेटिसले गोल गर्नबाट रोक्न सफल भयो । पछिल्लो दुई खेलमा १४ गोल गरेको बार्सिलोनाले पहिलो गोलका लागि ५० मिनेटसम्म पर्खनु परेको थियो । तर, इभान र्याकिटिचले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपछि बार्सिलोनाले राहत महसुस गर्यो । खेलको अन्त्यतिर लुइस सुवारेजले अर्को गोल थप्दै बार्सालाई २–० महत्वपूर्ण जित दिलाए ।
३६ खेलपछि एथ्लेटिकोसँग समान ८५ अंक भए पनि हेड टु हेटको आधारमा बार्सिलोनाले पुनः शीर्ष स्थानमा कब्जा जमायो । एक महिनाअघिसम्म ९ अंकको स्पष्ट अग्रता बनाएको बार्सिलोनाले लिग जित्ने पक्का थियो । तर, त्यसपछि लगातार खराब प्रदर्शन गरेपछि दुई म्याड्रिड टोलीले बार्सिलोनामाथि दबाब कायम राखेको छ । अब बाँकी दुई खेलमा बार्सिलोनाले इस्पानियोल र ग्रानाडा, एथ्लेटिकोले लेभान्ते र सेल्टा भिगो तथा रियलले भ्यालेन्सिया र डेर्पोटिभो ला कोरुनाको सामना गर्नेछ । यी बाँकी खेलले नै ला लिगाको विजेता तय गर्नेछ । बाँकी दुई खेलमा जित निकाले बार्सिलोना पुनः लिग च्याम्पियन बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण