बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डडेलोले फर्निचर र सिंचाई योजनाको पाईप जल्यो

आइतबार, १९ वैशाख २०७३, ११ : ०२
आइतबार, १९ वैशाख २०७३
म्याग्दी – बेनी नगरपालीकाको दुई छुट्टाछुट्टै स्थानमा भएको डडेलोले फर्नीचर यद्योग र सिचाई आयोजनाको पाईप जलेको छ । सामुदायीक वनमा लागेको डडेलोका कारण बेनी नगरपालीका ९ काउलेगौडा स्थित महादेव फर्नीचर उद्योगमा आगोलागी र बेनपा १ को सारेमारे सिचाई आयोजनाको पाईप जलेको हो । गलेश्वर ठूलो सल्लेरी सामुदायीक वन क्षेत्रमा लागेको डडेलो बस्तीमा पस्दा फर्नीचरमा आगोलागी भएको हो । सामुदायीक वनले सञ्चालन गरेको उक्त फर्नीचर उद्योगमा रहेको तयारी फर्नीचर सामाग्री, काठ, औजार लगायत गरि ५० लाख ४० हजार रुपैया बराबरको क्षत्ती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार बिहान सामुदायीक वनको सल्लेरी जंगलमा लागेको लागेको डडेलो फैलीएर फर्नीचरमा पुगेको समूहका पुर्व सचिब राम्जी सुवेदीले बताए । सामुदायीक वन समूहले स्थानीय चक्रबहादुर खड्कालाई फर्नीचर सञ्चालन गर्न ठेक्का दिएको थियो । उक्त फर्नीचरबाट भएको आम्दानी समूहले स्थानीय सामुदायीक विद्यालयका निजी स्रोतका शिक्षकको तलब, पुर्वाधार विकास, आयआर्जन र सामाजिक क्रियाकलापमा परिचालन गर्दै आएको थियो । १० बजे बनमा लागेको आगो स्थानीयबासी, प्रहरी र नेपाली सेनाको टोलीले दिउँसो साढे चार बजे नियन्त्रणमा आएको थियो । ६४ हेक्टर क्षेक्रफलमा फैलीएको गलेश्वर ठूलो सल्लेरीमा लागेको डडेलो नजिकैको अर्थुङ्गे सल्लेरी र बञ्चरेडिल सामुदायीक वन क्षेत्रमा फैलीएर क्षत्ती पुगेको छ । यसैगरी डडेलोले पाईप पोलेपछि बेनपा १ सारेमारेमा सिचाईको समस्या भएको छ । ढोडेनीखोलाबाट सारेमारेको खेतबारीमा सिचाईको पानी ल्याउन प्रयोग भएको पाईप पोलीएपछि करिब ५० घरधुरी कृषक समस्यामा परेका हुन् । सारेमारे सामुदायीक वनमा शुक्रबार लागेको डडेलोले सिचाई आयोजनाको करिब ७० मिटर १३ ईन्चको पाईप जलेर नष्ट भएको छ । पाइप जलेपछि ५० घरधुरी कृषकले तिन सय रोपनी खेतमा लगाएको तरकारीखेतीमा सिचाईको समस्या भएको सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र सापकोटाले बताउनुभयो । डडेलोले सारेमारेको साथै कमेरेझ्याले र सालधारी सामुदायीक वनमा पनि क्षत्ती गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप