बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वेंगर राजको अन्त्य ? : आफ्नै प्रशिक्षकबिरुद्ध उत्रिए अर्सानलकै समर्थकहरु

आइतबार, १९ वैशाख २०७३, ११ : ५६
आइतबार, १९ वैशाख २०७३

काठमाडौं – शनिबार राती नर्विचबिरुद्धको खेलमा आर्सनल विजयी बनेपनि प्रशिक्षक आर्सन वेंगरले भने क्लबकै समर्थकहरुबाट विरोधको सामना गर्नुपरेको छ । एमिरेटस् स्टेडियममा वेंगरबिरुद्ध उनीहरुले प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका थिए । पछिल्लो समय प्रिमियर लिग उपाधि जित्न नसकेपछि आर्सनलका समर्थकहरु प्रशिक्षक वेंगरबाट असन्तुष्ट रहेका छन् ।

हुनतः खेलअघि नै वेंगर र खेलाडीहरुलाई स्टेडियमको माहौलको बारेमा अवगत गराइसकिएको थियो । खेल शुरु हुनभन्दा अघि नै समर्थकहरुले स्टेडियमबाहिर देखि नै वेंगरको २० वर्षीय कार्यकाल अन्त्य गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए ।

१२ वर्षसम्म लिग जित्न नसकेको भन्दै समर्थकहरुले खेलको १२ औं मिनेटमा नाराबाजी गर्नका साथै वेंगर अब क्लब छाड्ने बेला भएको संकेत गरेका थिए । ‘वैंगर – १२ वर्षको बहाना, रानिएर – ९ महिना, च्याम्पियन,’ त्यहाँ लेखिएका ब्यानर मध्ये एक थियो ।

यसै हप्ता खेलअघिको पत्रकार सम्मेलनमा वेंगरले समर्थकहरुको आलोचना गरेपछि स्थिति झन् बिग्रिएको हो । उनले आर्सनलका खेलाडीहरुले आफ्नै घरेलु मैदानमा समर्थकहरुको समर्थन नपाएका कारण लिग जित्न असफल बनेको टिप्पणी गरेका थिए ।

यद्यपि, मैदानमा वेंगरको समर्थनमा पनि उभिनेहरु थिए । वैंगरकै पालामा ६ वटा एफए कप, ३ लिग उपाधि र १८ पटक लगातार च्याम्पियन्स लिगको स्थान बनाउन सफल बनेको भन्दै उनीहरुले वेंगरको समर्थन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप