अस्पतालमा बम खसालेर ४२ को हत्या गर्नु ‘युद्ध अपराध’ होइन : अमेरिका
वासिङ्गटन – उत्तर अफगानिस्तानमा सञ्चालन गरिएको परोपकारी अस्पतालमा बम खसाल्दा ४२ जना डाक्टर तथा बिरामीको मृत्यु भएको घटनालाई पेन्टागनले युद्ध अपराध भन्न नमिल्ने बताएको छ । उक्त ‘दुःखद् घटना’ मा संलग्न १६ अमेरिकी सेनामाथि कारवाही गरिने जानकारी दिँदै जेनेरल जोसेफ भोटेलले उक्त घटना मानव तथा प्राविधिक त्रुटीका कारण घटेको बताए । अमेरिकी गनसीपले मेडिसिन्स सान्स फ्रोन्टियर्स (एफएसएफ) द्वारा सञ्चालित अस्पताललाई तालिबानले नियन्त्रणमा लिएको घर भनेर झुक्किएको थियो । जसमा ४२ जनाले ज्यान गुमाउनुको साथै ३० जनाभन्दा बढी घाइते भएका थिए । तर, यस घटनामा संलग्नमाथि कुनै आपराधिक मुद्दा नचलाइने पेन्टागनले स्पष्ट पारेको छ । ‘यो घटना नियोजित थिएन । त्यही भएर यसलाई युद्ध अपराध भन्न मिल्दै,’ भोटेलले भने । उतm घटनामा संलग्नहरुलाई सैनिक सेवाबाट निलम्बनदेखि निष्कासनसम्मको सजाय मात्र सुनाइने भएको छ ।
भोटेलका अनुसार धेरै दिनदेखि युद्धमा संलग्न भएका कारण सैनिकहरु थाकेका कारण यस्तो दुर्घटना भएको हो । यसमा मानवीय त्रुटीदेखि प्राविधिक त्रुटीले भूमिका खेलेको उनको तर्क थियो । ‘यो घटना नियोजित नभएका कारण यसलाई युद्ध अपराध भन्न मिल्दैन,’ उनले भने । एफएसएफले भने घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेको छ । त्यस्तै घटनामा बचेकाहरुले यसमा संलग्नहरुमाथि आपराधिक मुद्दा चलाइनुपर्ने माग गरेका छन् । उक्त घटनामा बाँचे पनि आफ्नो खुट्टा गुमाएका खालिद अहमदले एपीसँग कुराकानी गर्दै भनेका छन्, ‘उनीहरु अपराधी हुन् । उनीहरुलाई जेलमा हाल्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण