असहाय विद्यार्थीलाई छात्रवृत्ति र पुस्तक
भक्तपुर– परिवारमा बाबु वा आमा गुमाएर असहाय ४४ विद्यार्थीलाई छात्रवृत्ति, पोसाक तथा पुस्तक लगायत सामग्री वितरण गरिएको छ । असहाय शिक्षा सेवा केन्द्र भक्तपुरले विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिसहित पाठ्यपुस्तक, पाठ्यसामग्री विद्यालय झोला, दुई जोर पोसाक, स्विटर र जुत्ता शनिबार प्रदान गरेको हो ।
सो अवसरमा जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठले विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गर्दै संस्थागत विद्यालयले पनि १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने बताए ।
त्यस अवसरमा प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, नेपाल कानुन आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशी, त्रिविविका पूर्व परीक्षा नियन्त्रक दयामान कर्माचार्य, उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवाल, श्रीपद्य उमाविका प्राचार्य राम हाडा, वागेश्वरी उमाविका प्राचार्य कृष्णप्रसाद धन्छा, मेघा माविका प्रिन्सिपल गङ्गाधर हाडा लगायतले गरिब तथा असहाय भएकै कारण कसैले पनि पढाइबाट वञ्चित हुन नहुने बताए । केन्द्रका संस्थापक अध्यक्ष रामप्रसाद प्रजापतिले आफ्नो निजी र व्यक्तिगत खर्चमा २०६३ सालदेखि हालसम्म रु ६९ लाखको छात्रवृत्ति वितरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण