बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रसुवागढी आयोजनाको क्षति मूल्याङ्कन गरिँदै

आइतबार, १९ वैशाख २०७३, १२ : ०४
आइतबार, १९ वैशाख २०७३
धुन्चे – रसुवागढी १११ मेगावाट जलविद्युत् आयोजना निर्माणस्थलमा शनिबार भएको आगलागीबाट जलेका आवासको मूल्याङ्कन सुरु भएको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार टिमुरे–६ स्थित सुरुङभित्र काम गर्ने चिनियाँ ठेकेदार सिडब्लुई चाइना वाटर एन्ड इलेट्री कम्पनीले निर्माण गरेको प्रिफ्याब मोडेलको दुई तले एक आवासगृह आगलागी हुँदा रु एक करोड बराबरको क्षति प्रारम्भिक अनुमान गरिए पनि यकिन तथ्याङ्क सङ्कलन गर्न आज प्रहरी परिचालन गरिएको छ । सुरुङभित्र काम गर्ने ४८ कामदार बस्ने उक्त आवासमा करेन्ट लागी आगलागी भएको बताउँदै आयोजनाका साइट इन्चार्ज नागेन्द्र ज्ञवालीले आगलागीपछि नेपाली सेना, नेपाल प्रहरी, कम्पनीका कर्मचारी, कामदार सबैको सहयोगमा पानीको फोहोरा दिई त्यस क्षेत्रमा रहेका अन्य आवास सुरक्षित पारिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप