श्रमको सम्मानको माग गर्दै ज्येष्ठ नागरिक एकाबिहानै सडकमा
काठमाडौँ – विश्व मजदुर दिवसको अवसर पारेर आफ्नो श्रमको सम्मान गरियोस् भन्दै ठूलो सङ्ख्यामा रहेका ज्येष्ठ नागरिकले आज एकाबिहानै राजधानीको सडक तताएका छन् ।
मुलुकका ३०औँ लाख बेरोजगार युवा अत्यन्तै न्यून ज्यालामा जोखिमपूर्ण काममा खाडी देशहरुमा चर्को घाममा सङ्घर्ष गरिरहेका बेला ज्येष्ठ नागरिक पनि आफ्नो श्रमको सम्मान हुन नसकेको भन्दै ¥याली गर्दै सडकमा उत्रेका हुन् ।
मुलुकको समृद्धिमा ज्येष्ठ नागरिकको निकै ठूलो योगदान रहे पनि राज्य र समाजबाट ज्येष्ठ नागरिकको श्रमको लेखाजोखा र मूल्याङ्कन हुन नसकेको उनीहरुको गुनासो छ ।
उहिलेका कुरा खुइलिए भन्ने ढङ्गबाट होइन, ज्येष्ठ नागरिक जिउँदो इतिहास हुन् उनीहरुको संरक्षण र संवद्र्धन हुनुपर्छ भन्ने भावना समाजमा जागृत तुल्याउनुपर्छ भन्ने उनीहरुको जोड थियो ।
उमेर र स्वास्थ्यले साथ दिउन्जेल रोजगारको अवसर प्रदान गर्न तथा श्रमको सम्मान गर्ने व्यवस्था मिलाउन सरकारसँग ज्येष्ठ नागरिकले माग गरेका छन् ।
उमेरले ७५ वसन्त पार गरिसकेकाहरु तानमा कपडा र गुन्द्री बुन्दै गरेका तथा गह्रौँ दाउराका भारी बोकेको तस्बिरसहितको प्लेकार्ड लिएर मर्यादित रुपमा माग पूरा गराउन सडक यात्रा रहेका ज्येष्ठ नागरिकलाई युवायुवतीले साथ दिएका थिए ।
नेपालको कुल जनसङ्ख्याको ८.४१ प्रतिशत ज्येष्ठ नागरिकको जनसङ्ख्या रहेको २०६८ को जनगणनाको तथ्याङ्कले देखाएको छ । गत वर्षको भूकम्पमा परेर ज्यान गुमाउनेको सूचीमा ज्येष्ठ नागरिक २८ प्रतिशत रहेका छन् ।
रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको ज्येष्ठ नागरिकको ¥याली भद्रकालीमा पुगेर आमसभामा परिणत भएको थियो ।
तेह्रथुमकी ९५ वर्षीया गङ्गामाया उपाध्यायलगायतका वृद्धवृद्धासमेत ¥यालीमा सहभागी थिए ।
¥यालीपछिको सभालाई सम्बोधन गर्दै एजिङ नेपाल नामक गैरसरकारी संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले नेपालीको औषत आयु बढेकाले सार्वजनिक सेवामा रहने कर्मचारीको उमेरहदमा पुनर्विचार तथा श्रम बजारमा पनि १५ देखि ५९ उमेर समूह रहने परिभाषालाई खारेज गरी सक्षम र इच्छुक रहेसम्म काम गर्न पाउने प्रावधान हुनुपर्ने बताए ।
अहिलेका युवा पुस्ताले गर्न नरुचाउने डोको नाम्लो बुन्ने, नातिनातिनी विद्यालय पु¥याउने, बालबच्चा र घरको हेरचाह गर्ने, तरकारी काट्ने, खाना बनाउनेदेखि करेसाबारी र लुगाधुनेसम्मको जिम्मेवारी बहन गर्नुपर्ने दायित्व ज्येष्ठ नागरिकको काँधमा रहेकाले उनीहरुको श्रमको सम्मान हुनुपर्छ भन्ने विषयमा राज्यले बोल्नैपर्छ भन्ने ज्येष्ठ नागरिकहरुको भनाइ रहेको छ ।
मैले बाबुआमा पालेको छु भन्ने होइन, म मेरा बाबुआमासँग बसेको छु भनेर गौरव गर्ने सन्तति समाजमा आवश्यक रहेको हेल्प एज इन्टरनेसनलका अध्यक्ष खेमराज उपाध्यायले बताए ।
रोजगारीका सिलसिलामा युवाहरु खाडी मुलुक पुग्ने र त्यहाँ श्रम शोषण हुने गरेको घटनाले निकै चर्चा पाउने गरेको भए पनि नातिनातिना स्याहार गर्ने नाममा युरोप र अमेरिका पुगेका कैयौँ ज्येष्ठ नागरिकको श्रमको सम्मान हुन नसकेको बरु उल्टै आफ्नै सन्तानबाट अपहेलित र बिचल्लीमा परेका घटना थुप्रै रहेको प्रसङ्ग सभामा उल्लेख गरियो ।
सो अवसरमा ‘चट्याङ मास्टर’ले व्याङ्ग्यात्मक शैलीमा भने – “ड्याडी र ममी अफिसमा काम गर्न जानुहुन्छ, मेरी हजुरआमा ७५ वर्ष पुगिसक्नुभएकाले केही गर्न सक्नुहुन्न, हामीलाई स्कुल पु¥याउने, बिहान बेलुका खाना पकाउने, पानी थाप्ने, खाजा ल्याइदिने, लुगा धोइदिने काममात्र गर्नुहुन्छ भन्ने कुरा बालबालिकाबाट सुनिँदै आएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण