सबैको श्रम अधिकार सुनिश्चित होस्ः राष्ट्रपति
आइतबार, १९ वैशाख २०७३, १२ : २०
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् सबैको श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छन् ।
उनले सबै नेपाली श्रमिक एवं मजदुरले स्वदेश तथा विदेशमा आफ्नो श्रम गर्दा उचित श्रम अभ्यास, अनकूल कार्यवातावरण, न्यायोचित कार्यघन्टा एवम् पारिश्रमिक, सामाजिक सुरक्षा लगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बध स्थपित हुन सकोस् भन्ने कामना गरेकी छन् ।
यस दिन सबै नेपाली श्रमिक तथा मजदुरले सबै अधिकारको पूर्ण र सार्थक रुपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन् ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइमा शभुकामना तथा बधाई दिँदै यस दिवसले नेपाली श्रमिकको हक र हित सुनिश्चित गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण