५० जना विद्युत् चोर पक्राउ
गौशाला– नेपाल विद्युत् प्राधिकरण महोत्तरी जलेश्वर वितरण शाखाले ५० जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ ।
महिनौँदेखि जिल्लाको विभिन्न गाउँ ठाउँमा विद्युत् चोरी गर्दै आएका ५० जना व्यक्तिलाई विद्युत् प्राधिकरणले पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वरका प्रमुख सूर्यनारायण मण्डलले बताए ।
उनले जिल्लामा विद्युत्को सप्लाई माग बमोजिम नै गरिरहेका बेला पनि उचित भोल्टेज नपुगेको तथा सर्वसाधारणलाई निकै समस्या भएको गुनासो आएपछि गाउँ गाउँमा गरेको छापामारीबाट ५० जना विद्युत् चोर समातिएको बताए ।
विद्युत् प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरी सहयोगमा ५० जना विद्युत् चोरलाई पक्राउ गर्न सफल भएको कार्यालय प्रमुख मण्डलले उल्लेख गरे । साथै विद्युत् चुहावट गर्नेहरुका घर घरबाट दुई दर्जन बढी पानी तान्ने मोटर र विभिन्न विद्युतीय सामग्री पनि नियन्त्रणमा लिइएको छ ।
यसका साथै पक्राउ परेका सबैसँग जनही रु पाँच÷पाँच हजारका दरले जरिवानासमेत लिइएको नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वरले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण