बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले बेइमान बने नयाँ ढंगले सरकार बनाउछौंः वर्षमान

आइतबार, १९ वैशाख २०७३, १२ : ३९
आइतबार, १९ वैशाख २०७३

धरान–एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले संविधान माओवादीले बनाएको भन्दै कार्यान्वयनमा एमालेले बेइमान गरे सरकार नयाँ ढंगले बनाउने बताएका छन् । शनिबार सुनसरीका अगुवा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

जिल्ला अध्यक्ष निर्मल बरालको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममाका प्रमुख वक्ता अनन्तले पहिला संविधानसभाको कुरै सुन्न नचाहने एमाले–कांग्रेस बाध्य भएर संविधानसभाको चुनावमा आएको दाबी गरे । पहिलो चुनावमा माओवादी पहिलो शक्तिका रुपमा हुँदा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, दलित तथा जनजाति आन्दोलनका उपलब्धीलाई संस्थागत गर्दा अनेकौं षड्यन्त्र गरी पहिलो संविधानसभा नै असफल बनाएको स्मरण गराए । जालझेलकै बीचमा दोस्रो संविधानसभा गठन भएको र सो बेला समेत संविधान बनाउन नचाहेका यथास्थितिवादी शक्तिहरुलाई जबर्जस्ती संविधान बनाउन अगुवाई एमाओवादीले नै गरेको बताए ।

संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी सिद्धान्त लिपिबद्ध गरि ऐतिहासिक उपलब्धी हासिल गरेपनि कार्यान्वयनमा सरकार इमान्दार नबन्दा प्रतिगामी शक्तिहरुले चलखेल गरेको बताए । संविधान निर्माण गर्नेक्रममा नै कंग्रेसलाई राष्ट्रपति, एमालेलाई प्रधानमन्त्री र माओवादीलाई संविधानसभाको जिम्मेवारी दिने सहमति भए पनि अन्तमा कंग्रेसले प्रधानमन्त्री पदमा दाबी गरेपछि सहमति बिग्रिएको उनले दोहो¥याए । त्यसपछि संविधान कार्यान्वयनका लागि एमालेलाई समर्थन गरी सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको बताउँदै ओलीले कार्यान्वयन भन्दा पनि सत्ता लम्ब्याउने र सत्तासाझेदार दल एमाओवादीलाई नै अप्ठ्यारोमा पार्दै आएकाले दुई दलबीच गम्भिर छलफलको माग गरिएको बताए । करिब एक महिना अघि ओलीलाई पत्र लेखि गम्भिर छलफलको आब्हान गरेपनि हालसम्म कुनै प्रतिक्रिया नआएकाले सरकारको नेतृत्वप्रति शंका उत्पन्न भएको बताए । आफ्नो पार्टीले सम्हालेका ८ मन्त्रालयमा समेत एमालेका कर्मचारीले सहयोग नगर्दा निकै अप्ठ्यारो परेकाले ओली गम्भिर नभए सरकारको विकल्प खोज्न पार्टी अगाडि बढ्ने चेतावनी दिए । वर्तमान सरकारले बृहत शान्ति सम्झौता विपरीत जनयुद्धकालीन मुद्धा उचालेर धमाधम माओवादीका नेता कार्यकर्तालाई अदालतमा उभ्याउने काम गर्न थालेकाले तत्कालिन सरकारमा बसेका कंग्रेसका नेताहरु समेत समस्यामा पर्ने भएकाले अबको सत्ता समिकरण कांग्रेससँग समेत हुनसक्ने संकेत गरेका छन् । जारी संविधानमा मधेश, आदिवासी जनजाति र दलित आन्दोलनका भावना नसमेटीएकाले एमाओवादीले संशोधनको माग गरेको बताए । यदि वर्तमान सरकार सो कार्यमा अगाडि नबढी हावादारी गफ चुटेर हिंडे सरकारको गठन नयाँ ढंगले अगाडि बढ्न सक्ने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप