बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्लाको सत्य निरुपण र बेपत्ता छान बिन आयोगमा ६७ उजुरी

आइतबार, १९ वैशाख २०७३, १२ : ५८
आइतबार, १९ वैशाख २०७३

जुम्ला - सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६१ उजुरी दर्ता भएका छन् । दर्ता उजुरीमा पहिलो चरणमा ३२ उजुरी आयोगको केन्द्रीय कार्यालयमा हुलाक मार्गबाट पठाइएको स्थानीय शान्ति समिति जुम्लाका निमित्त कार्यालय सचिव बेलु रोकायाले जानकारी दिए । उनका अनुसार २९ उजुरी पछिल्लो चरणमा आयोगमा पठाइने छ । बेपत्ता छानबिन आयोगतर्फ अहिलेसम्म छ जनाको उजुरी परेको निमित्त कार्यालय सचिव रोकायाको भनाइ छ । आगामी असार २ गतेसम्म उजुरी दर्ताको आह्वान गरिए पनि सोचेजति प्रचारप्रसार हुन नसकेकाले दुवै आयोगमा उजुरी दर्ता गर्नेको सङ्ख्यामा कमी आएको उनले बताए । कतिपयले आफ्नो असुरक्षाका कारण निवेदन दर्ता गर्न नसकेको हुन सक्ने स्थानीय शान्ति समितिले जनाएको छ । यद्यपि उजुरी आउने क्रम निरन्तर रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप