आगलागीबाट बागलुङको बस्ती नै सखाप
बागलुङ -शनिबार दिउँसोदेखि भएको आगालागीबाट दक्षिण धुल्लुबास्कोटको एक बस्ती नै सखाप भएको छ ।
धुल्लुबास्कोट– १ भाङ्खर्कबाट फैलिएको आगोबाट वडा नं १ को झुले बस्तीका १३ घर र २४ गोठ जलेर नष्ट भएका हुन् । जङ्गलको बीचमा रहेको बस्तीमा बाँकी आठ घर पनि उच्च जोखिममा छन् ।
तीव्र गतिमा चलेको हावाहुरीसँगै तलबाट आगो फैलिँदै आएकाले बस्ती नै सखाप परे पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बरेङले जनाएको छ । आगलागीमा परी १३ भैँसी, १४ बाख्रा तथा एक एक गाई र गोरु मरेको स्थानीयवासी सन्तोष दगामीले बताए ।
इलाका प्रहरी कार्यालय बरेङका अनुसार आगो नियन्त्रणभन्दा बाहिर रहेको छ । आगो अहिले धुल्लुबास्कोटबाट राङानीको किटेनी बाघकाटेतर्फ फैलिएको छ ।
आगलागी पीडितका लागि प्रहरी, स्थानीय क्लब र आमा समूहले खाना तथा आवासको प्रबन्ध मिलाएको स्थानीयवासी शेखर थापाले बताए । किटेनीको घर गोठ पनि जोखिममा रहेकाले आवश्यक सजगता अपनाइएको राङानीबाट प्रकाश छन्त्यालले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय बरेङबाट प्रहरी टोली र छिमेकी गाउँका बासिन्दा पुगे पनि दिनभर आगो नियन्त्रणमा लिने प्रयास सफल हुन सकेन ।
आगो नियन्त्रण र सम्भावित जोखिमबाट बच्न सबैलाई आग्रह गरिएको छ । यसैबीच झुलेबस्तीमा भएको घटनाका पीडितलाई राहत सङ्कलन तथा वितरणका लागि बागलुङमा बसेको सरोकार भएकाहरुको बैठकले आजै आकस्मिक राहत वितरण गर्ने निर्णय गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण