रक्सी र यौनको उन्मादमा छोरीमाथि पटक-पटक बलात्कार
झापा – रक्सी र यौनको उन्मादमा झापाका एक बाबुले आफ्नै छोरीमाथि पटक पटक बलात्कार गरेको घट्ना बाहिर आएको छ । झापा राजगढ ६ की १७ वर्षीया पीडित युवतीले आफूमाथि बाबुले जबर्जस्ती गरेको भन्दै उजुरी दिएपछि यस्तो खुल्न आएको हो ।
४१ वर्षीया बाबुले २ महिना अघि एक साताको फरकमा दुई पटक करणी गरेको पीडितले बताएकी छन् । शनिवार बिहान फेरि अभियुक्तले बलात्कार प्रयास गरेको भन्दै कारवाही गरी दिन जिल्ला प्रहरी कार्यालय झापामा उजुरी गरेकी छन् । यद्यपी प्रहरीले शनिबार सार्वजनिक बिदा भएकाले उजुरी दर्ता गरिसकेको छैन । जिल्ला प्रहरी प्रमुख एसपी ठाकुर प्रसाद ज्ञवालीले सार्वजनिक बिदा भएकाले उजुरी दर्ता गर्न नसकिएको भन्दै भोलि उजुरी दर्ता गरेर अभियुक्तलाई कानुनी कारबाही गर्ने बताए । शनिबार प्रहरी कार्यालयमा आमासगैं आएकी छोरीसँग महिला प्रहरीमार्फत एक्लै बयान समेत लिइएको बताइएको छ । ती १७ बर्षिया युवतीले दुई महिना अघि बुबाले रक्सि खाएर आई सुतेको बेलामा जबरजस्ती करणी गरेका गरेको र शनिबार पनि बलात्कारको प्रयास गरेको बयान दिएकी छन् । उनले बलात्कारपछि कसैलाई भने आमालाई मारदिन्छु भन्दै धम्काएका समेत थिए । यसैबीच प्रहरीले अभियुक्तलाई पक्राउ गरिसकेको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण