बजेट तथा कार्यक्रम विवरण पेस गर्न पुनःनिर्माण प्राधिकरणको अनुरोध
आइतबार, १९ वैशाख २०७३, १३ : ०९
काठमाडौँ - आगामी आव लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रम विवरण पेस गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सबै मन्त्रालयलाई अनुरोध गरेको छ ।
विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन ९पिडिएनए० मा उल्लिखित सबै मन्त्रालय तथा निकायलाई बजेट पेस गर्न पत्राचार गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अनुदान सम्झौताका लागि योग्य घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन रु ११ अर्ब ६७ करोड ७९ लाख थप रकम निकासा गरिएको प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिए । “यसअघि रु ९१ करोड ९९ लाख ४२ हजार घरधनीलाई अनुदान दिन निकासा गरिएको थियो”–उनले भने ।
गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, ओखलढुङ्गा र सिन्धुलीमा जिल्ला समन्वय समितिद्वारा प्रकाशित सूची अनुसार रकम उपलब्ध गराउन प्राधिकरणले रकम निकासा गरेको हो ।
यसअघि र अहिले गरी प्राधिकरणले रु १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार भूकम्पबाट पूर्ण रुपमा घर क्षति भएका नागरिकलाई दिन निकासा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण