म्यादी प्रहरीनै फरार अभियुक्त, १८ वर्षपछि पक्राउ
जाजरकोट - कर्तव्य ज्यान मुद्दामा जेल सजाय सुनाइएका यहाँका एक अभियुक्तलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
जुगाथाचौर–२ का फरार अभियुक्त भीमबहादुर कामीलाई इलाका प्रहरी कार्यालय सीमाले पक्राउ गरेको हो । विसं २०५३ साउनमा छिमेकी गोरे कामीलाई हत्या गरेको अभियोगमा तत्काल पक्राउ परेका भीमबहादुरलाई जिल्ला अदालतले निर्दोष साबित गरिदिएपछि १० महिनापछि कारागारबाट छुटेकामा कर्तव्य ज्यानसम्बन्धी मुद्दा स्वतः पुनरावेदन जाने प्रावधानअनुसार पुनरावेदन अदालतले २०५५ सालमा भीमबहादुरलाई नौ वर्ष छ महिना छ दिनको कारावास सजाय सुनाएको थियो ।
पुनरावेदन अदालत सुर्खेतले उक्त सजाय सुनाए पनि भीमबहादुरले कुनै जानकारी नै नपाएको बताउँदै उनल आफूले मुद्दा जितिसकेको भनेर पुनरावेदनमा प्रतिवादी नलगाएको र फरार पनि नभएको बताए । “ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा म्यादी प्रहरीसमेत भएको मान्छे कसरी प्रहरीको फरार सूचीअन्तर्गत अहिले पक्राउ परेँ, म आफैं आश्चर्यमा छु”, उनले भने । उनले कुष्ठरोग लागेर थलिएका गोरेले विष खाएर आत्महत्या गरेको जिकिर गर्दै आफूलाई फसाइएको र प्रतिवादी गर्न पाउने हक समेत नदिइएको बताए । प्रहरीले भीमबहादुरलाई जाजरकोटस्थित जिल्ला कारागारमा चलान गरेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए । अदालतको फैसलाका आधारमा कैद भुक्तान गर्न बाँकी भएकाले फरार अभियुक्त पक्राउ गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण