धरहराको टुप्पोबाट खसेर पनि बाच्न सफल नर्सलाई ओम अस्पतालको सम्मान
काठमाडौं – ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्त्रीरोग बिशेषज्ञ डाक्टर भोला रिजालले श्रमको उचित सम्मान गरेमात्र श्रमिक दिवशले सार्थकता पाउने बताएका छन् । १२७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर कर्मचारी यूनियन द्वारा आयोजित कार्यक्रममा बोल्दै डाक्टर रिजालले भने, ‘श्रमिक दिवसको सार्थकता जुनबेला पाउने छ, श्रमको उचित सम्मान तवमात्र हुनेछ । ’ उहाँले सबै नेपाली श्रमिक तथा मजदुरले सबै अधिकारको पूर्ण र सार्थक रुपमा प्रयोग गर्न पाउनु पर्ने धारणा राखे । डाक्टर रिजालले नेपाली श्रमिकको हक र हित सुनिश्चित गर्न दिवसले प्रेरणा प्रदान गर्ने बताए । डाक्टर रिजालले गत बैशाख १२ गते गएको भूकम्पका समयमा कर्मचारीहरुले खेलेको भुमिका र गरेको सहयोगको खुलेर प्रसंशा गरे ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सक्रिय रहेर पत्रकारीताको माध्यमबाट कलम चलाएको भन्दै पत्रकार अर्जुन अधिकारीलाई सम्मान गरिएको थियो । अधिकारीले लामो समय स्वास्थ्य क्षेत्रमा सम्लग्न रहि स्वास्थ्य क्षेत्रको परिवर्तनमा आफ्नो कलम चलाएको भन्दै सम्मान गरेको हो । त्यस्तै भूकम्पका बेला धरहराको टुप्पोबाट खसेर पनि बाच्न सफल नर्स बविता सेढाईलाइ पनि दोसल्ला ओडाएर सम्मान गरेको छ । त्यस्तै भूकम्पका बेला उल्लेख्य योगदान गरेका एक दर्जन व्यत्तिहरुलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण