बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मजदुर दिवस : नेताहरुलाई मात्र लाग्यो

आइतबार, १९ वैशाख २०७३, १६ : १६
आइतबार, १९ वैशाख २०७३

उदयपुर - राजनीतिक दल आवद्ध विभिन्न ट्रेड युनियनको साथै गैरसरकारी संघ संस्थाले उदयपुर सदरमुकाम गाईघाटको विभिन्न ठाउँबाट मजदुर हकहितका चर्का नारा लगाउँदै ठूला ठूला ब्यानर, नाराको प्लेकार्ड हित ¥याली निकालेर सभामा चर्का नारा लगाए तर सुनसरी इनरुवाका १५ वर्षिय दिनेश राई, न ¥यालीमा जान भ्याए सभामा नै । उदयपुरको सदरमुकाम गाईघाट बजारमा स्थित हिमशिखर सप्लार्य एण्ड टेडर्समा हार्डवेयरको समान ठेलामा सकी नसकी लोड गरिरहेका मजदुर राईलाई मजदुर दिवस हर्ष न विस्मत बनेको छ । उदयपुर सदरमुकाम गाईघाटमा कतै कतै चियापान समारोह, रक्तदान कार्यक्रम भयो । तर यो आवाजले दिनभरी काम गरेर बिहान बेलुकी छाक टार्न बाध्य मजदुरलाई भने छुन सकेन ।

दिनभर ठेलामा समान पु¥याउनु पर्ने दिनेशलाई मजदुर दिवस बारे प्रश्न गर्दा उनले भने – ‘मलाई थाह छैन,’ । ‘ठेला चलाएर पाँच जनाको परिवार पालेको छु, कताको जानु मजदुर दिवस थाह हुनु ।’ राईले भने– ‘मैले एक दिन ठेला चलाइन भने घर परिवारका सदस्य भोकै हुन्छ ।’ उनले थपे– ‘मजदुर दिवसमा खान लाउन दिँदैन क्यारे ।’ यस्तै उनीसँगै त्रियुगा नगरपालिका–७ भुल्केका निर्मल मल्लपनि सकी नसकी हार्डवेयरको सामान ठेलामा ओसारी रहेका थिए । उनलाई मजदुर दिवस बारे थाह छ भनेर प्रश्न गर्दा ‘थाहा छ’ भने तर ‘हामी दैनिक रोजीरोटी गर्नेलाई के को मजदुर दिवस ?,’ उनी भन्छन् । उनले भने– ‘सरकारी अफिसमा काम गर्ने र सरकारी कलकारखानामा काम गर्नेलाई पो हो, मजदुरको नाउँमा रानीतिक गर्ने नेताहरुको लागि मात्रै हो, मजदुर दिवस’, उनले यतिमात्रै बुझेका थिए । यस्तै त्रियुगा नगरपालिका–३ सोनापुर गाईघाटका ठेला मजदुर सुकदेव वि.क.ले आफुलाई मजदुर दिवसको बारेमा थाह नभएको बताए । उनले प्रतिप्रश्न गरे, ‘मजदुर दिवस भनेको के हो ?’

यसै समय उदयपुरको सदरमुकाम गाईघाटमा विभिन्न मजदुर संगठनहरुले मोटर साईकल ¥याली गरे, कहि कतै रक्तदान कार्यक्रम गरे, कहि ठूला ठूला व्यानर र नाराको प्लेकार्ड सहित ¥याली गरिरहेको थियो भने उसै समय त्रियुगा नदीको किनारमा गिट्टी, बालुवा चालेर गुजारा चलाउने मजदुरसम्म पुग्दा त्यहाँ गिट्टी, बालुवा चालिरहेका थिए । त्यहाँ काम गर्नेहरुको संख्या करिव एक दर्जनभन्दा बढी संख्यामा अन्य दिन जस्तै धुँवा–धुलोको बीच गिट्टी, बालुवा चालिरहेका थिए । ‘हामी बालुवा चाली खानेलाई के को मजदुर दिवस ? त्यो त पैसा हुने खाने टाठाबाठाहरुको दिवस हो ? भो सर हामीलाई मजदुर दिवसको बारेमा नसोध्नु होला । उदयपुरको त्रियुगा नगरपालिका ३ घर भएकी डम्बर कुमारी बोटले त्रियुगा खोलामा बालु चाल्दा चाल्दै बोलेका शब्द हुन । उनलाई गिट्टी, बालुवा चालेर खानु सिवाय अरु कुनै पनि दिवसको बारेमा थाहा छैन । उनीसँगै उनका छोरा १५ वर्षिय पर्वत बोटलाई पनि मजदुर दिवसको बारेमा जानकार नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप