बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आगो निभाउँदा ज्यान गुमाउनेका आफन्तलाई सहयोग

आइतबार, १९ वैशाख २०७३, १६ : १७
आइतबार, १९ वैशाख २०७३

काठमाडौं – सामुदायीक बनमा लागेको डढेलो निभाउँदा मृत्यू हुने गुल्मीका एक व्यक्तिको परिवारलाई कोरीयामा काम गर्ने नेपालीले मजदुर दिवसको अवसरमा सहयोग गरेका छन् । डढेलो निभाउँदा जलेर घाईते भई उपचारको क्रममा मृत्यु भएका मलायागिरी-२ का २१ वर्षीय कमल खड्काको परिवारलाई कोरियामा काम गर्ने यूवाहरुले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । गाउँ नजिकैको धैरेनी सामुदायीक चैत्र २९ गते लागेको आगो निभाउने क्रममा जलेर गम्भिर घाईते भएका खड्काको बैशाख ११ गते किर्तिपुर अस्पत्तालमा उपचारका क्रममा मृत्यु भएको थियो । मलायागिरी घर भई कोरियामा रहेका गुल्मी काठमाण्डौ गणतान्त्रिक मञ्चका सदस्य अशोक खड्काले विभिन्न व्यक्तिहरुसंग संकलन गरेर उक्त रकम पठाएका थिए ।

गणतान्त्रिक मञ्चका अध्यक्ष शंकर भण्डारीको पहलमा संकलित उक्त रकम आईतबार मजुदर दिवसको अवसर पारी एमाओवादी अध्यक्ष प्रचण्डले पीडितको आफन्त दिपक खड्का र कमल कुँवरलाई हस्तान्तरण गरे । समुदाय जोगाउने क्रममा मृत्यू भएका व्यक्तिको परिवारलाई सहयोग गर्न सूर्य विक र कृष्ण सेन बाट रकम संकलन गरिएको मञ्चका अध्यक्ष भण्डारीले बताए । आगामी दिनमा पनि आफ्नो जिल्लामा काम समस्यामा पर्नेहरुलाई सहयोग गरिने उनीहरुले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप