बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आमरण अनसनमा ऐक्यबद्धता जनाउँदै क्रान्तिकारीले आन्दोलन गर्ने

आइतबार, १९ वैशाख २०७३, १६ : ४७
आइतबार, १९ वैशाख २०७३
काठमाडौ – स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग गर्दै खुलामञ्चमा आमरण अनसनमा बसेका यूवाहरुको समर्थनमा अनेरास्ववियू क्रान्तिकारीले पनि आन्दोलन गर्ने भएको छ । अनसनरतहहरुको माग जायज रहेकोे आजैका दिनमा माग सम्बोधन नभएमा भोलीदेखि अन्दोलन गर्ने क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले बताए । ‘नेपाली यूवाहरुले विदेशमा नारकिय जीवन विताउन बाध्य हुने प्रवृत्ति अन्त्य गर्न यूवाहरुले गरको आन्दोलन जायज छ’ अनसनरत यूवाहरुलाई भेट्न खुल्ला मञ्च पुगेका मल्लले भने ‘सरकारले आजैका दिनमा सार्थक वार्ता गरी सम्बोधन गरेन भन भोलिदेखि हामी पनि आन्दोलनमा सडकमा जाने छौँ ।’ अनसनको आज पाँचौँ दिन हो । मल्लले आफूहरुले केही समय अगाडी सरकारलाई बुझाएका ६० बुँदे मागपत्रमा सर्टिफिकटको आधारमा विनाव्याज ऋण दिनुपर्ने कुरा उल्लेख गरेको स्मरण गर्दै सबैलाई उचित हुने माग राखेर गरीएको आमरण अनसन प्रति ऐक्यबद्धता जनाए । शनिबारमात्रै अनेरास्ववियूका अध्यक्ष नविना लामाले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएकी थिइन् । रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियानमार्फत योग्यता, सीप र दक्षता अनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनपर्ने, वेराजगार भत्ताको व्यवस्था गर्नपर्ने लगायतका माग राखेर १२ जना युवाहरु बुधबारदेखि काठमाण्डौको खुलामञ्चमा आमरण अनसनमा छन् । अभियानका संयोजक चन्द्र बहादुर थापा सागरको नेतृत्वमा अनुषा राई, जिविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङताङ तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल, र महेश नेपाल, आमरण अनसनमा छन् । यसैविच अनसनरत यूवाहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । पाँचदिनसम्म विभीन्न राजनैतिक दलका नेताहरुले उनीहरुको अनसनप्रति ऐक्यवद्धता जनाएपनि राज्यको तर्फबाट आधिकारीक व्यक्ति आएर अनसनप्रति कुनै सुनुवाई नगरेको अभियन्ता ज्ञानेन्द्र अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप