बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरियामा आप्रबासी कामदारको श्रमकोटा घट्दो

आइतबार, १९ वैशाख २०७३, १६ : ४९
आइतबार, १९ वैशाख २०७३

सोल – सन् २००६ बाट बिश्वका १४ राष्ट्रबाट एकैचोटी रोजगार प्रक्रिया प्रणालीमार्फत आप्रबासि कामदारलाई गैह्र–ब्याबसायिक रोजगार भिषा(इ९) का आधारमा भित्राईरहेको दक्षिण कोरियाले आप्रबासि कामदारको कोटा बिगतको भन्दा यस बर्ष घटाएको छ । सन् २०१६ मा आप्रबासि कामदारका लागि उत्पादनमुलक,मत्स्यपालन,पशुपालन,निर्माण र सेवामुलक गरि पाँच क्षेत्रमा जम्मा ५८००० कामदारको निम्ति कोटा निर्धारण गरेको छ जसमा १२००० कोटा कोरियाको चार बर्षे दश महिना भिषा अबधि सिध्याएर कोरियाको बैदेशिक कामदार ऐनको आधारमा स्वदेश फिर्ती भएकाको निम्ति पुनः प्रबेश रोजगार प्रक्र्रिया प्रणालीमा आधारित हुँने छ । दक्षिण कोरियाले सन् २०१५ मा अत्यधिक श्रम कोटा निर्धारण हुने उत्पादन मुलक क्षेत्रमा ४२००० कोटा नघट्ने गरि रोजगार सिर्जना गरेको थियो भने सबैभन्दा कम सेवा क्षेत्रमा पन्ध्र राष्ट्रका लागि १०० कोटा निर्धारण गरि परिपुर्ति गरेकामा यसबर्ष यो कोटा सिमित संख्या भन्दा घट्ने छैन बरु यथावत रहने छ । सन् २०१३ मा रोजगार प्र्रक्रिया प्र्रणाली का निम्ति मात्रै ५२००० आप्रबासि कामदारको श्रमकोटा निर्धारण सँगै सन् २०१२ जुलाई २ बाट लागु भएको पूनः प्रबेश रोजगार प्रक्रिया प्रणालीका निम्ति १०००० समेत गरि कुल ६२००० श्रमकोटा पछि बितेका तीन बर्षमा क्रमश कोरियाले आप्रबासि कामदारको संख्या घटाइरहेको छ । सन् २०१२ भन्दा अगाडी निर्माण क्षेत्रमा आप्रबासि कामदारको संख्या नबढाएको कोरियाको रोजगार मन्त्रालयले सन् २०१३ बाट यस क्षेत्रमा आप्रबासि कामदारको कोटा केहि हदसम्म बृद्धि गरेको छ तर यो क्षेत्र रोजगार प्रक्रिया प्रणाली लागु भएका सबै राष्ट्रले पाउँदैनन् भने नेपालले यो कोटा उपलब्धका लागि कुटनीतिक लबिङ गरेको थियो तर पनि बंचित छ साथै कमाईको हिसाबले यो क्षेत्रमा ज्याला अलि बढि हुँने जानकारहरु बताउँछन जुन क्षेत्रमा चिनियाँ लगायत श्रीलंकाली कामदारहरु बढी रहेको अनुमान गर्न सकिन्छ । सन्् २०१३ मा कृर्षि तथा पशुपालन क्षेत्रमा केवल नघट्ने गरि ६००० श्रमकोटा निर्धारण गरेकोमा यस बर्ष यो कोटा केहि हदसम्म बढ्ने छ भने मस्त्यपालन क्षेत्रमा पनि श्रम कोटा घट्ने छैन भने मस्त्यपालन क्षेत्रमा नेपाल सरकारले आफना कामदारका निम्ति प्रतिबन्ध लगाएको छ । तर कोरियमा अबैधानिक रुपमा रहेका कामदारको संख्याका आधारमा संम्बन्धित देशको श्रमकोटा घट्ने कोरियाको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । जसमा कुल अबैधानिक आप्रबासिको ५.३५ प्रतिशतका आधारमा सबैभन्दा कम नेपाली रहेका छन् भने चीन,भियतनाम अत्याधिक अबैधानिक कामदार कोरियामा रहने राष्ट्रको पहिलो अनि दोस्रो सूचिमा पर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप