बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यो संबिधान कसैको बक्सिस होईन : महासचिव पोखरेल

आइतबार, १९ वैशाख २०७३, १७ : ०२
आइतबार, १९ वैशाख २०७३

काठमाडौं – नेकपा एमाले महासचिव ईश्वर पोखरेलले नयाँ संबिधानको कार्यान्वयन नहोस् भन्नेहरुविरुद्ध खबरदारी र भण्डाफोर अभियान छेड्नुपर्ने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले १ सय २७ औं मे दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले प्रमुख पार्टीहरुको सहमतिमा संबिधानको कार्यान्वयनमा गराउनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘यो संबिधान कसैको बक्सिस होईन र आयात गरिएको पनि होईन, अहिले पनि यो संबिधान कार्यान्वयन नहोस् भन्ने कुपात्रहरु देखिएका छन्, तिनीहरुलाई नांगेझार पार्नुपर्छ, उनीहरुविरुद्ध खबरदारी र झण्डाफोर गर्न जरुरी छ ।

पोखरेलले भने, ‘राष्ट्रिय स्वाभीमानका पक्षमा एक हुनेहरुले यो संबिधान कार्यान्वयनमा लैजानुपर्नेछ ।’ एक महिनापछि सरकारले ल्याउने नीति तथा कार्यक्रमले एमालेको सपना र जनतालाई समृद्ध पार्ने विषय उजागर गर्ने महासचिव पोखरेलको दाबी थियो । अब नेपाल भारतवेष्ठित होईन भूपरिवेष्ठित देशको रुपमा स्वतन्त्र भएको उनको भनाई थियो । कार्यक्रममा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार एवं जिफन्टका अध्यक्ष विष्णु रिमालले श्रमिकहरुको न्यूनत्तम ज्यालाको चरण समाप्त भएको भन्दै उचित ज्यालाको बिगुल फुक्न श्रमिकहरुलाई आब्हान गरेका छन् । संबिधानको कार्यान्वयनमा दबाब सिर्जना गर्न श्रमिकहरुलाई निर्देशन दिंदै पुँजी र श्रमको सहअस्तित्व कायम हुने गरि कानुन शंसोधनको चरणमा रहेको जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप