बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चोरी भएका स्कुटर प्रहरीद्वारा फिर्ता

आइतबार, १९ वैशाख २०७३, १७ : ३२
आइतबार, १९ वैशाख २०७३

इटहरी - मोरङ तथा सुनसरीका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइल फेला पारी इलाका प्रहरी कार्यालय बेलबारीले सन्बन्धित धनिलाई हस्तान्तरण गरेको छ । इटहरी तथा मोरङका बिभिन्न स्थानबाट चोरी भएका ५ वटा मोटरसाइकल मध्ये दुईवटा स्कुटर प्रहरीले सन्बन्धित धनीलाई हस्तानतरण गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेधराज थापाले एक कार्यक्रमका बिच स्कुटरको चाबी धनिलाई हस्तानतरण गरेका थिए । स्कुटर फेला पारेर प्रहरीले हस्तानतरण गरेकोमा धनिहरु खुशी देखिन्थे । दुई महिना देखी हराएको आफनो स्कुटर फेला परेको खुशी व्यक्त गदै इटहरीका मिलन नाल्बोले प्रहरीलाई धन्यवाद दिएका थिए । त्यस्तै पुर्वको इटहरी, दुलारी, बेलवारी लगाएतका स्थानमा योजनावद्ध तरिकाले चोरी गर्ने दुई युवालाई चोरी गरिएका सामान सहित बेलवारी प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पोखराका गंगा आलेमगर र मोरङ गोठगाउँका विजय खत्री रहेका छन् । उनिहको साथबाट तीन तोला सुनका गहना, ३ थान एलइडि टिभि, २ थान स्कुटर २ थान डिभिडि, ८ तोला चाँदीका गहना लगायत विभिन्न इलेक्ट्रोनिक्स सामानहरु प्रहरीले बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेधराज थापाले बिगत सात आँठ महिना देखी चोरीको बिगबिगी बढेपछि प्रहरीले चोरी नियन्त्रण अभियान अन्तर्गत चोरी भएका सामान सहित मान्छेलाई पक्राउ गर्न सफल भएको बताए । प्रहरीले समाजको शान्ति सुरक्षामा सदैव सकृय हुने बताउदै थापाले सबारी तथा अन्य चोरीमा प्रहरीले थप निगरानी गदै जाने प्रहरी निरीक्षक थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप